गृह मन्त्रालयद्वारा बर्दिवास घटनाको छानविनका लागि तीन सदस्यीय समिति गठन | Khabarhub Khabarhub

गृह मन्त्रालयद्वारा बर्दिवास घटनाको छानविनका लागि तीन सदस्यीय समिति गठन


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृह मन्त्रालयले महोत्तरीको बर्दिवासमा प्रहरीको गोली लागेर एक व्यक्ति मृत्यु भएको घटना छानबिनका लागि समिति गठन गरेको छ।

बर्दिवास नगरपालिका १४, महोत्तरीका शहीद आलमकी छ वर्षीया छोरी गुलाब साह खातुनको सोमबार मध्यराति बोरामा हालिएको अवस्थामा घर नजिकैको खेतमा शव भेटिएको थियो।

खातुनको हत्याको विषयलाई लिएर भएको प्रदर्शनमा स्थानीय बुद्धिराज (सञ्जय) न्यौपानेको मृत्यु भएको थियो। प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको उपचारका क्रममा काठमाडौं मृत्यु भएको थियो।

घटनापछि प्रदर्शन जारी रहेपछि आन्दोलनरत पक्ष र स्थानीय प्रशासनबीच बालिकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने, आन्दोलनका क्रममा मंगलबार मृत्यु भएका बुद्धिराज न्यौपानेको परिवारलाई क्षतिपूर्ति दिने, घटनाका दोषीलाई कारबाही गर्ने र आन्दोलनका क्रममा मृतकलाई सहिद घोषण गर्ने चार बुँदे सहमति भएको थियो। आन्दोलन रोकिएसँगै गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको हो।

उपसचिवको नेतृत्वमा समिति गठन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  १० : ४९ बजे

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन