धर्म निरपेक्षताको नाममा सनातन धर्ममाथि आक्रमण – कमल थापा « Khabarhub

धर्म निरपेक्षताको नाममा सनातन धर्ममाथि आक्रमण – कमल थापा


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले नेत्रविक्रम चन्द समूहका सम्भव भएका राजनीतिक मागलाई सम्बोधन गरी उनीहरुलाई मूलधारमा ल्याउनुपर्ने बताए ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तरक्रियामा उनले लोकतान्त्रिक मुलुकमा शान्ति र समृद्धि कायम गर्न उक्त समूहलाई निषेधको राजनीति गर्न नहुनेमा जोड दिँदै उनीहरुका हिंसात्मक गतिविधलाई भने नियन्त्रण गनुपर्ने बताए ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा प्रकरणमा संलग्न सबैलाई छानबिन गरी बडाइका साथ कारवाही गर्नुपर्ने बताउँदै उनले एनसेलको पूँजीगत लाभ कर असुल गर्न सरकारले गरेको गृहकार्यको सराहाना गरे ।

धर्म निरपेक्षताको नाममा केही धार्मिक समूहले सनातन धर्ममाथि आक्रमण गरिरहेको बताउँदै उनले हिन्दू राष्ट्रका लागि आफूहरुले शुक्रबारदेखि देशभर सशक्त कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । हिन्दू राष्ट्र पुनःस्थापना लगायत २२ बुँदे माग राखी चरणबद्ध आन्दोलनमा होमिएको उक्त पार्टीले गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई जनसंघर्षका कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ५ : ३४ बजे

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने

जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलन : स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म

काठमाडौं– जलवायु परिवर्तन आज मानव सभ्यताले सामना गरिरहेको जटिल, बहुआयामिक