काठमाडौं उपत्यकामा थपिए ८२२ कोरोना संक्रमित, १० को मृत्यु « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ८२२ कोरोना संक्रमित, १० को मृत्यु


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ महिला र ४४३ पुरुष गरी ८२२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार १२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  काठमाडौंमा ५९९ , ललितपुरमा १६० र भक्तपुरमा ६३ जनामा कोरोना स‌क्रमित थपिएका हुन् ।

यस्तो छ तथ्य्यांक

त्यसैगरी सो अवधिमा काठमाडौंमा ३, ललितपुर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्रै कोरोना स‌क्रमितको संख्या ८६ हजार ३७१ पुगेको छ जसमध्ये ३४२ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७८ हजार १६२ छ।

त्यस्तै ललितपुरमा १२ हजार ९६४ जना संक्रमित भएका छन्। जसमा १०३ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ३१५ जना निको भएका छन्।

भक्तपुरमा हालसम्म ७ हजार ७८९ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ९२ जना निको भइसकेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौमा ७ हजार ८६७, ललितपुरम १ हजार ५४६ र भक्तपुरमा ६०८ जना सक्रिय संक्रमित रहेका छन् ।

 

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ४ : ४२ बजे

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा अस्थायी छुट

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ