राष्ट्रिय क्रिकेट टोलीका कप्तान मल्ल कोरोना संक्रमणमुक्त « Khabarhub

राष्ट्रिय क्रिकेट टोलीका कप्तान मल्ल कोरोना संक्रमणमुक्त


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय क्रिकेट टीमका कप्तान ज्ञानेन्द्र मल्ल कोरोना संक्रमणबाट मुक्त भएका छन्। शुक्रबार स्टार अस्पतालमा कोरोना परिक्षण गराएका उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

`मलाई कुनै संक्रमण र समस्या देखिएन। चिकित्सकसँगको सल्लाह पछि आज दोस्रोपटक पीसीआर परीक्षण गराएको थिएँ। जुन नेगेटिभ आएको छ,´ कप्तान मल्लले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको अभ्यास सुरु गर्नु अघि खेलाडीहरूको पीसीआर परिक्षण गराएको थियो ।

जसमा कप्तान मल्लसिहत उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई पनि संक्रमण पुष्टि भएको थियो ।

उनले आफूलाई माया गर्ने समर्थकलाई धन्यवाद भन्दै लेखेका छन्,`कोभिड १९ लाई हल्का रुपमा नलिनुहोस्। यसको संक्रमणपछि तपाईंले शारीरिक समस्यामात्रै होइन मानसिक तनाव पनि झेल्नु पर्ने हुन्छ। त्यसैले सावधानी अपनाउनुहोस्।´

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ८ : २५ बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान