अमेरिकाबाट सुंगुरको मासु आयात गर्ने निर्णयको विरोधमा ताइवानको संसदमा मुक्का हानाहान « Khabarhub

अमेरिकाबाट सुंगुरको मासु आयात गर्ने निर्णयको विरोधमा ताइवानको संसदमा मुक्का हानाहान


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ताइवानको संसदमा सत्तारुढ र विपक्षी सांसदहरुबीच झडप भएको छ। आपसमा मुक्का प्रहार गर्नुका साथै उनीहरुले सुंगुरको मासुले प्रधानमन्त्रीमाथि प्रहार गरेका छन्।

अमेरिकाबाट सुंगुरको मासु आयात गर्ने सरकारको निर्णयपछि यस्तो घटना भएको हो।

राष्ट्रपति साइ यिङ वेनले आगामी जनवरी १ देखि ¥याक्टोपामिन भएको सुँगुरको मासु आयात गर्ने घोषणा गत अगस्टमै गरेकी थिइन्। बोसो घटाएर मासुको मात्रा बढाउन सुँगुरको ¥याक्टोपामिन खुवाउने गरिन्छ। मानिसलाई हानिकारक हुने भन्दै यो युरोप र चीनमा प्रतिबन्धित छ। अमेरिकाले निकै पहिलेदेखि यस्तो मासु ताइवान निर्यात गर्न चाहेको थियो।

तर, राष्ट्रपतिको साइको यो कदमको विपक्षी पार्टी कोमिन्ताङले चर्काे विरोध गर्दै आएको छ।

सेप्टेम्बरमा संसदको अधिवेशन सुरु भएसँगै कोमिन्ताङले सरकारी निर्णयको विरोध गरेको थियो।

सो पार्टीका सांसदले प्रधानमन्त्री सु सेङ चाङलाई बोल्न अवरोध गरिरहेका थिए। शुक्रबार भने सत्तापक्षीय सांसदहरुको घेरामा बसेर जब प्रधानमन्त्री बोल्न थाले तब विपक्षीहरुले सुँगुरको मासुले उनीतर्फ प्रहार गरे।

अन्तमा प्रधानमन्त्रीले बोल्ने प्रयास त्यागिदिए।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ९ : २५ बजे

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ

एजेन्सी–  युद्धविराम सम्झौता कायम रहेकै अवस्थामा इजरायली सेनाले बिहीबार कब्जा

पुराना नेताको उछितो काढ्न उनीहरूकै सन्तानको प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनको निर्वाचनमा १८२ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी