गृहमन्त्री भन्छन्– विदेशी शक्ति सरकार असफल बनाउन लागे | Khabarhub Khabarhub

गृहमन्त्री भन्छन्– विदेशी शक्ति सरकार असफल बनाउन लागे


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– गृहमन्त्री रामबहादुर थापाले वर्तमान सरकार असफल बनाउन निर्वाचनमा पराजित तथा विदेशी शक्ति सक्रिय भएको बताएका छन् ।

दोस्रो मुक्तेश्वर महोत्सवको उद्घाटन गर्न सर्लाहीको बरहथवा नगरपालिकाको मूर्तियामा आज आयोजित सभामा उनले पराजित शक्तिका साथै देश टुक्र्याउने  शक्ति सक्रिय रहेको बताए ।

“सरकार देशमा सुशासन लागू गर्न लागिपरेको छ तर पराजित शक्ति सरकार गिराउने खेलमा लागेको छ”, उनले भने । उनले सरकार विरोधी शक्तिबाट सजग रहनुपर्नेमा पनि जाेड दिए ।

“विदेशी शक्ति सरकारलाई कमजोर बनाउन लागेको छ”, उनले भने, “हामी नयाँ युवमा प्रवेश गरेका छौँ, एकतन्त्रीय शासनलाई अन्त्य गरेर सङ्घीय लोकतन्त्रमा प्रवेश गरेका छौँ । सरकारको काम भन्नेको जनताको सेवा हो ।”

मुक्तेश्वर क्षेत्र पर्यटकीय क्षेत्र घोषणा भएमा यस क्षेत्रको विकास हुने, यहाँको आर्थिक विकास र समृद्धि हुने बताउँदै गृहमन्त्री थापाले भने, “विकासबिना शान्ति पनि सम्भव छैन, त्यस कारण यस क्षेत्रको विकासमा सरकार गम्भीर छ ।”

महोत्सव आज माघ २२ गतेदेखि शुरु भएको दोस्रो मुक्तेश्वर महोत्सव माघ २८ गतेसम्म चल्ने बरहथावा नपा–९ का वडाध्यक्ष एवम् महोत्सव आयोजक मूल समारोह समितिका अध्यक्ष तुलसीप्रसाद लुइँटेलले बताए ।

ऐतिहासिक मुक्तेश्वर मन्दिरको प्रचारप्रसार गर्नाका साथै यस क्षेत्रका बासिन्दाको झाँकीको प्रदर्शन, सांस्कृतिक कार्यक्रमसमेत राखिएको उनले बताए । आज पहिलो दिन विभिन्न जातजातिले आफ्नो पहिचानसहितको झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ७ : १७ बजे

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुझाव प्रस्तुत

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात

आईपीएल विजेता आरसीबीलाई २० करोड, उपविजेता पञ्जाबलाई १२ करोड

अहमदावाद- इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा नयाँ रोयल च्यालेन्जर्स

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

मन्थली– सुनकोशी नदीमा गत असोज १२ गते आएको बाढीका कारण

युद्धग्रस्त गाजामा सहायता संस्थाबीच सम्झौता रद्द

काठमाडौं – एक अमेरिकी परामर्श फर्मले युद्धग्रस्त गाजामा अनिकालको अवस्था

ट्रक र विद्युतीय गाडी आपसमा ठोक्किँदा २ जनाको मृत्यु

रौतहट– चन्द्रपुर-१ मंगलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार मालवाहक ट्रक र विद्युतीय