प्रहरीका नाममा ठगी गर्ने पक्राउ « Khabarhub

प्रहरीका नाममा ठगी गर्ने पक्राउ


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने एक जना युवकलाई पक्राउ गरेको छ ।

जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जना प्रहरीको टोलीले शुक्रबार बेलुका सान्नीत्रिवेणी गाउँपालिका–४ कालीकोटका बिमलबहादुर धामीलाई पक्राउ गरेको हो ।

२८ वर्षीय धामी हाल वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीमा बस्दै आएका थिए ।

धामीलाई १२ हजार रूपैयाँसहित पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।

‘समुदायमा म प्रहरी हुँ भन्दै ठगी गरेको विशेष सूचनाको आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ’, उनले भने, ‘पक्राउ परेका धामीलाई सोधपुछ गर्दा भने म वनरक्षक हुँ भनी बताएको बयान दिएका छन् ।’

उनको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ९ : ५० बजे

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना

घट्न बढ्न सकेन नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ