यमनमा सैनिक र हुथी विद्रोहीबीच झडप, १३ जनाको मृत्यु « Khabarhub

यमनमा सैनिक र हुथी विद्रोहीबीच झडप, १३ जनाको मृत्यु


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यमनमा सैनिक र हुथी विद्रोहीबीचको झडपमा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

अभियान प्रान्तमा भएको झडपमा सरकारी सैनिक र दक्षिणी क्षेत्रलाई स्वतन्त्र बनाउने माग गर्दै आएको ‘साउदर्न ट्रान्जिसनल काउन्सिल’ (एसटीसी) समूहबीच झडप भएको हो ।

सोक्रममा कम्तीमा आठ विद्रोही सैन्य लडाकू र पाँच सरकारी सैनिक अधिकारीको मृत्यु भएको सेनाले पुष्टि गरेको छ ।

एसटीसीहले पनि आफ्नोतर्फका आठ लडाकूको मृत्यु भएको पुष्टि गरेको छ ।

यमनको दक्षिणी क्षेत्रमा इरानको समर्थन प्राप्त हुथी समूहसँगको लडाईमा एसटीसीले संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त सरकारसँग सहकार्य गरे पनि दक्षिण यमनको स्वतन्त्रताको माग राख्दै आएको छ ।

यमनमा हुथी समूहलाई अन्य समूहले साझा सत्रुका रूपमा हेर्दै आएका छन् ।

एसटीसी र सरकारबीच लामो प्रयासपछि सत्ता गठबन्धनका लागि भएको सम्झौताबाट एसटीसी फिर्ता भएको उक्त समूहले गत अगस्टमा घोषणा गरेको थियो ।

यमनमा हुथी विद्राही र अन्य विद्रोहीविरुद्धको लडाईमा साउदी अरबको सैन्य सहयोगमा शान्ति स्थापनाको प्रयास गरिए पनि त्यसो हुन सकेको छैन ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ६ : ३२ बजे

 ठेकेदारको खुट्टा भाँच्नेबारे पूर्वाधारमन्त्रीको जवाफ : कम्पनीलाई जिम्मेवार बनाउन खोजेको, कसैलाई दु:ख दिँदैनौँ

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकको निर्माण क्षेत्रमा बहुवर्षीय

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को