११ वटा पालिका कोभिड १९ को उत्कृष्ट व्यवस्थापन गर्ने स्थानीय तहको सूचीमा « Khabarhub

११ वटा पालिका कोभिड १९ को उत्कृष्ट व्यवस्थापन गर्ने स्थानीय तहको सूचीमा



पोखरा– गण्डकी प्रदेशका ११ वटा पालिका कोभिड १९ व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेका छन् ।

स्वास्थ्य निर्देशनालय पोखराले ११ प्रदेशका जिल्लाबाट एक–एक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले कोरोना संक्रमणको व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको ११ स्थानीय तहको सूची गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पठाएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि विभिन्न कामको आधारमा ११ स्थानीय तह छनोट गरेर सूची तयार पारिएको स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत नगेन्द्र पौडेलले बताए ।

उत्कृष्ट व्यवस्थापन गर्नेको सूचीमा कास्कीको पोखरा लेखनाथ महानगरपालिकासहित ११ वटै जिल्लाका एक एक वटा स्थानीय तह परेका छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिका, पर्वतको जलजला गाउँपालिका, बाग्लुङको बाग्लुङ नगरपालिका, म्याग्दीको मङ्गला गाउँपालिका, तनहुँको देवघाट गाउँपालिका, नवलपरासीपूर्वको देवचुली नगरपालिका उत्कृष्ट स्थानीय तहको सूचीमा परेका छन् ।

यस्तै, लमजुङको सुन्दरबजार नगरपालिका, मुस्ताङको घरपझोङ्ग गाउँपालिका, मनाङको चामे गाउँपालिका, गोरखाको आरुघाट गाउँपालिका र नवलपरासी (ब.स.पू) उत्कृष्ट व्यवस्थापनको सूचीमा परेका छन् ।

महामारीको समयमा क्वारेन्टाइन व्यवस्थापन, सङ्क्रमितको उपचार तथा उद्धार महामारी रोक्नका लागि गरिएको प्रयासलगायतका सूचकको आधारमा उनीहरुको मूल्याङ्कन सदरमुकाममा रहेका स्वास्थ्य कार्यालयहरुले गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ११ : ५५ बजे

नियमित महाधिवेशन धकेल्न खोजे विशेष महाधिवेशनको अवस्था आउनेछ : महामन्त्री शर्माले

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेको निर्णय अनुसार

‘फ्लू खोप’ निःशुल्क उपलब्ध गराउन नेपाल चिकित्सक सङ्घको माग

काठमाडौं– नेपाल चिकित्सक सङ्घले चिसो मौसमका कारण देशभर ‘इन्फ्लुएन्जा भाइरस’को

राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब

एजेन्सी– जापानकी अत्यन्त प्रिय राजकुमारी आइकोलाई प्रायः पप–स्टारझैँ स्वागत गरिन्छ

गलत सूचनाले नेपालमा लगानीको वातावरण र निजी क्षेत्रको मनोबलमा असर : अध्यक्ष ढकाल 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सञ्जाल

पुटिन-अमेरिकी राजदूत भेट्न तयार

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राजदूत स्टिभ विटकफसँग मंगलबार