११ वटा पालिका कोभिड १९ को उत्कृष्ट व्यवस्थापन गर्ने स्थानीय तहको सूचीमा « Khabarhub

११ वटा पालिका कोभिड १९ को उत्कृष्ट व्यवस्थापन गर्ने स्थानीय तहको सूचीमा



पोखरा– गण्डकी प्रदेशका ११ वटा पालिका कोभिड १९ व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेका छन् ।

स्वास्थ्य निर्देशनालय पोखराले ११ प्रदेशका जिल्लाबाट एक–एक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले कोरोना संक्रमणको व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको ११ स्थानीय तहको सूची गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पठाएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि विभिन्न कामको आधारमा ११ स्थानीय तह छनोट गरेर सूची तयार पारिएको स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत नगेन्द्र पौडेलले बताए ।

उत्कृष्ट व्यवस्थापन गर्नेको सूचीमा कास्कीको पोखरा लेखनाथ महानगरपालिकासहित ११ वटै जिल्लाका एक एक वटा स्थानीय तह परेका छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिका, पर्वतको जलजला गाउँपालिका, बाग्लुङको बाग्लुङ नगरपालिका, म्याग्दीको मङ्गला गाउँपालिका, तनहुँको देवघाट गाउँपालिका, नवलपरासीपूर्वको देवचुली नगरपालिका उत्कृष्ट स्थानीय तहको सूचीमा परेका छन् ।

यस्तै, लमजुङको सुन्दरबजार नगरपालिका, मुस्ताङको घरपझोङ्ग गाउँपालिका, मनाङको चामे गाउँपालिका, गोरखाको आरुघाट गाउँपालिका र नवलपरासी (ब.स.पू) उत्कृष्ट व्यवस्थापनको सूचीमा परेका छन् ।

महामारीको समयमा क्वारेन्टाइन व्यवस्थापन, सङ्क्रमितको उपचार तथा उद्धार महामारी रोक्नका लागि गरिएको प्रयासलगायतका सूचकको आधारमा उनीहरुको मूल्याङ्कन सदरमुकाममा रहेका स्वास्थ्य कार्यालयहरुले गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ११ : ५५ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा