पाँच सय ८२ सहयोगापेक्षीको उद्धार « Khabarhub

पाँच सय ८२ सहयोगापेक्षीको उद्धार


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– मानव सेवा आश्रम शाखा कार्यालय भरतपुरले हालसम्ममा ५८२ जना सहयोगापेक्षीको उद्धार गरेको छ । विसं २०७२ देखि हालसम्म विभिन्न ठाउँमा बेवारिसे अवस्थामा रहेका मानिसहरुको उद्धार गरिएको हो ।

सहयोगापेक्षी सडक आश्रित मानवमुक्त शहर बनाउने उद्देश्यका साथ स्थापना गरिएको संस्थाले सो अवधिमा १६७ जनालाई परिवारसँग पुनर्मिलन गराएको जनाएको छ । संस्थाले आज आयोजना गरेको आव २०७६/०७७ को प्रगति प्रतिवेदन, लेखा परीक्षण र सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा आश्रममा रहेका २१७ जनाले स्वेच्छिक आश्रम छाडेको, ६६ जना स्थानान्तरण गरिएको र ५५ जना आश्रित रहेका जनाएको छ ।

आश्रममा बसोबास गरेको समयमा ८० जनाको मृत्यु भएको आश्रमका संयोजक निता केसीले जानकारी दिए । केसीका अनुसार विसं २०७६ कात्तिक ९ गते भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडकमानवमुक्त महानगर घोषणापश्चात् २४५ जनाको उद्धार गरिएको छ । जसमध्ये ७७ जनालाई परिवारसँग पुनर्मिलन गराइएको, ७९ जनाले स्वेच्छिक आश्रम छाडेको, १५ जनालाई स्थानान्तरण गरिएको र १०८ जना आश्रित रहेका छन् । सो समयमा ल्याइएकामध्ये १८ जनाको मृत्यु भएको केसीले जानकारी दिए ।

आश्रमको सक्रियतामा दाताबाट भरतपुर महानगरपालिका वडा नं ३ बेलचोकमा प्राप्त जग्गामा सहयोगापेक्षी पुरुषका लागि नारायण भवन निर्माणको काम भइरहेको छ । जसका लागि रु ५० लाख वाग्मती प्रदेश सरकारबाट विनियोजन भएको र महिला राख्नका लागि लक्ष्मी भवन निर्माणका लागि महानगरसँग बजेटको माग गरिएको सो अवसरमा जानकारी दिइएको थियो ।

आश्रमले विभिन्न निकायबाट प्राप्त गरेको सहयोग र खर्चको विवरणसमेत सो अवसरमा सार्वजनिक गरेको छ । खर्च विवरण सार्वजनिक गर्दै आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले आव २०७६/०७७ मा रु ८६ लाख ९१ हजार ७५० विभिन्न निकायबाट प्राप्त भएकामध्ये रु सात लाख ७७ हजार ५९८ मौज्दात रहेको जानकारी दिए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ३ : १० बजे

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत