कोरोनाविरुद्धको नियम पालना नगर्ने दुई सरकारी अधिकारीलाई उत्तर कोरियामा मृत्युदण्ड « Khabarhub

कोरोनाविरुद्धको नियम पालना नगर्ने दुई सरकारी अधिकारीलाई उत्तर कोरियामा मृत्युदण्ड


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाले कोरोनाविरुद्धको नियम पालना नगर्ने दुई सरकारी अधिकारीलाई मृत्युदण्डको सजाय दिएको छ।

कोरोना प्रकोपबीच चीनको सीमाबाट सामान निर्यात नगर्ने सरकारको निर्णयविरुद्ध काम गरेपछि दुई सरकारी अधिकारीहरुलाई मृत्युदण्ड दिइएको समाचार संस्था एपीले जनाएको छ।

यसबीचमा उत्तर कोरिया कोरोनाविरुद्धको नियम पालना गराउन कडा रुपमा प्रस्तुत भएको पनि बताइएको छ।

उत्तर कोरियाले विभिन्न क्षेत्रमा लकडाउन कायम राखिराखेको छ भने त्यहाँका नदीहरुमा माछा मार्न पनि प्रतिबन्ध लागेको छ।

पानीलाई कोरोना रहित बनाउन माछा मार्न नै प्रतिबन्ध गरिएको जनाइएको छ। साथै समुद्री नुन उत्पादको कार्यलाई पनि तत्कालका लागि रोकिएको छ।

विश्वभर कोरोना भाइरसको प्रकोप फैलिसकेको छ। तर उत्तर कोरियामा हालसम्म एक जनामा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको त्यहाँको सरकारले जनाएको छ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ४ : ४६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना