सैन्य तालिम र शिक्षार्थी आदान-प्रदान सुचारु गर्न चिनियाँ रक्षामन्त्री सहमत « Khabarhub

सैन्य तालिम र शिक्षार्थी आदान-प्रदान सुचारु गर्न चिनियाँ रक्षामन्त्री सहमत


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ रक्षामन्त्री वेई फेङ्हे र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ ।

नेपालको एकदिने भ्रमणमा आएका रक्षामन्त्री फेङ्हे र प्रधानसेनापति थापाबीच आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यको सम्बन्धमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

भेटमा कोभिड–१९ को जोखिमका कारण प्रभावित नेपाली सेनाको तालिम तथा शिक्षार्थी आदानप्रदान सुचारु गर्न चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे सहमत भएका छन् ।

जंगी अड्डामा फेंग्हेको डेलिगेशन टिम र नेपाली सेनासँगको छलफलमा उनले सो सहमति जनाएका हुन् । चिनियाँ रक्षामन्त्री र प्रधानसेनापती पूर्णचन्द्र थापा सहभागी सामूहिक छलफलमा उनले सो सहमति व्यक्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पूर्वघोषित नेपाली सेनाको विपद व्यवस्थापन क्षमता अभिबृद्धिको लागी चिनियाँ सरकारले २ अर्ब ४० करोड नेपाली रुपैयाँ पनि छिट्टै उपलब्ध गराउने फेंग्हेले प्रतिबद्धता जनाएका छन् ।

छलफल परराष्ट्र मन्त्रालका प्रतिनिधि पनि उपस्थित थिए । आगामी दिनमा उच्चस्तरीय भ्रमण लगायत द्विपक्षीय सहयोगका कार्यहरु यथाशिघ्र सुचारु गर्ने आश्वासन चिनियाँ रक्षमन्त्रीले दिएका छन् ।

सो भेटवार्ता पछि उनीसहितको प्रतिनिधि मण्डलसमक्ष नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा छोटो श्रव्य–दृश्य सामग्री प्रस्तुत गरिएको थियो ।

यस भ्रमणले दुई देशका सेनाबीच रहँदै आएको सौहार्दपूर्ण सम्बन्धलाई सुमधुर, मजबुत एवं विस्तार गर्न थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

  

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ७ : २१ बजे

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले