‘मसानघाट’मा पुगिसकेको राजतन्त्र ब्युँताउने प्रयत्न गर्नु ‘दुस्साहस’ मात्र हो : नेता विष्ट « Khabarhub

‘मसानघाट’मा पुगिसकेको राजतन्त्र ब्युँताउने प्रयत्न गर्नु ‘दुस्साहस’ मात्र हो : नेता विष्ट


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी – पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोकर्ण विष्टले ‘मृत्युशय्या’मा पुगिसकेको राजतन्त्र जस्तासुकै आन्दोलन गरे पनि नफर्कने दाबी गरेका छन् ।

आइतबार (आज) गुल्मीको मदाने गाउँपालिकामा पन्ध्र शय्याको अस्पतालको शिलान्यास गर्ने क्रममा उनले ‘मसानघाट’मा पुगिसकेको राजतन्त्र फर्काउन राजावादीहरुले गरिरहेका प्रदर्शन तथा जुलुशको कुनै तुक नभएको बताएका हुन् ।

उनले भने, ‘मृत्युशय्यामा गइसकेको राजतन्त्र फर्काउन कसैले प्रयत्न गरेमा त्यो ‘दुस्साहस’ मात्र हुनेछ ।’

नेकपाभित्र देखिएको विवादका विषयमा पूर्वमन्त्री विष्टले भने, ‘राष्ट्रिय राजनीतिमा केही नयाँ तरंगहरु देखा परेका छन्, पार्टीमा देखिएको अन्तर्घर्षले पार्टी झन एकताबद्ध बन्नेछ।’

केही हप्तायता राजावादीहरुले नेपालमा राजतन्त्र पुनर्वहालीको माग गर्दै देशका कैयन् शहरमा प्रदर्शन गरिरहेका बेला पूर्वमन्त्री विष्टले राजतन्त्र फर्कने सम्भावना नरहेको बरु गणतन्त्रलाई थप बलियो बनाउनुपर्ने बताएका हुन् ।

‘केही विवाद पक्कै छन्, जहाँ कमी छ, त्यसलाई सुधारिनेछ, जनताको चाहना र सपनालाई कहीँ कमी हुन दिइने छैन,’ पूर्वमन्त्री विष्टले भने, ‘यदि कुनै शक्तिद्वारा फेरि राजतन्त्र ब्युँतने र ब्युँताउन प्रयत्न गरिन्छ भने त्यो दुस्साहस मात्र हो, मसानघाटमा समाप्त भएको शक्ति फेरि फर्केर आउँदैन ।’

नेता विष्टले नेपाली राजनीतिमा राम्रो संस्कार विकास हुन नसकेकाले बेलाबेलामा समस्याहरु देखा पर्ने गरेको बताए ।

उनले पार्टीभित्र हुने कलह र अन्तर्द्वन्द्व देखिए पनि सरकारको ध्यान विकास र जनताको चाहना पूरा गर्ने रहेको दाबी गरे ।

साथै, विष्टले कोरोना भाइरसको जोखिमले विश्व जगतमा प्रभाव पारेको बताउँदै अब चाँडै नै कोरोनाको भ्याक्सिन विकास हुने विश्वास व्यक्त गरे ।

कोरोना खोपको विकास हुनासाथ नेपाल ल्याउनका लागि आफूले व्यक्तिगत रुपमा पनि पहल गरेको उनले दाबी गरे ।

‘कोरोनाको भ्याक्सिन नेपाल भित्र्याउन स्वयम् पनि पहल गरेको छु अब केही महिनामै कोरोनाको खोप हामीले पाउनेछौं,’ उनले भने ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ९ : १५ बजे

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको

लेनदेन क्लबका सह-संस्थापक कार्की : खोटाङको गाउँदेखि भारतको फिनटेक सफलतासम्म

काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश

रुसी हवाई आक्रमणमा खार्किभका पाँच उद्धारकर्मीको मृत्यु

किएभ– युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा