बार्सिलोनाका लागि गोल गरेपछि मेस्सीले गरे म्याराडोनाको सम्मान « Khabarhub

बार्सिलोनाका लागि गोल गरेपछि मेस्सीले गरे म्याराडोनाको सम्मान


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा ओसासुनामाथि सहज जितमा एक गोल गरेका लियोनल मेस्सीले महान खेलाडी म्याराडोनालाई सम्मान प्रकट गरेका छन् ।

ओसासुनाविरुद्ध गोल गरेपछि मेस्सीले अर्जेन्टिनाका महान खेलाडी म्यारोडोनाप्रति श्रद्धाञ्जलि  अर्पण गरेका थिए ।

गोलपछि उनले म्यारोडोनाको पूरानो जर्सी देखाएर उनीप्रति गोल समर्पण गरेका थिए ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा ओसासुनालाई बार्सिलोनाले ४-० गोल अन्तरले पराजित गरेको थियो ।

बार्सिलोनाको जितमा मेस्सी, एन्टोनियो ग्रिजम्यान, मार्टिन ब्रेथवेट र फिलिपे कौटिन्होले एक/एक गोल गरे ।

जितसँगै बार्सिलोना ९ खेलमा १४ अंक जोडेर सातौँ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ९ : २५ बजे

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका अधिकांश मुद्दा

झापा– सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः आपसी सहमतिमै

नयाँ तलबमान स्वीकृत: मुख्यसचिवको ९० हजार, कसको तलब कति ?

काठमाडौँ – सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ।

‘महाभारत’का अश्वत्थामादेखि ‘गजनी’का डरलाग्दा खलनायकसम्म: प्रदीप रावत सङ्घर्ष र सफलता

भारतीय चलचित्रमा केही कलाकार यस्ता हुन्छन्, जसको नाम सुन्नासाथ कुनै

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा

बाढीले बगाउँदा एक व्यक्तिको मृत्यु

जनकपुरधाम– महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु