यस्तो ठाउँ जहाँ कोही बच्चा प्रधानमन्त्री छन् त कोही राष्ट्रपति ! « Khabarhub

यस्तो ठाउँ जहाँ कोही बच्चा प्रधानमन्त्री छन् त कोही राष्ट्रपति !


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बच्चाहरु नै राष्ट्रपति र प्रधानमन्त्री छन् भन्दा तपाइँलाई अनौठो लाग्न सक्छ । तर यो कुरा सत्य हो । भारतको राजस्थानस्थित बुँदी गाउँका बच्चाहरु कोही राष्ट्रपति, केही प्रधानमन्त्री त कोही ठूला कम्पनीका मालिक पनि छन् ।

त्यो गाउँमा गएको बेला तपइँलाई यदि कसैले राष्ट्रपति बाख्रा चराउन गएको छ, प्रधानमन्त्री घरायसी सामान लिन बजार गएको छ भनेर भन्यो भने अचम्म नमान्नुहोला ।

किनभने भारतको राजस्थानस्थित बुँदी गाउँका बच्चाहरुमा कोही राष्ट्रपति छन्, कोही प्रधानमन्त्री त कोही विभिन्न मोबाइल कम्पनीका मालिक ।

खासमा यो गाउँका मानिसहरुलाई आफ्ना छोराछोरीको नाम राख्दा विभिन्न पदको नाम, मोबाइल कम्पनीको नाम तथा अदालतको नाम समेत राख्ने ठूलो शौख रहेको छ ।

त्यसैले त्यो जिल्लामा उच्च पदहरु, कार्यालयहरु, मोबाइल ब्राण्ड तथा एसेसरिजको नामबाट आफ्ना बच्चाको नाम राख्नु निकै सामान्य कुरा हो ।

राष्ट्रपति, प्रधानमन्त्री, सामसुङ, एन्ड्रोइड मात्र होइन सिमकार्ड,, चिप, जिओनी, मिस कल, राज्यपाल, हाइकोर्ट जस्ता अनौठा नामका बालबालिकाहरु त्यो गाउँमा पाइन्छन् ।

झण्डै ५ सय कन्जड समुदाय बस्ने उक्त गाउँ सायद संसारको त्यस्तो एकमात्र गाउँ हो जहाँ विचित्र नाम राखिन्छ । आमरुपमा यो समुदायका मानिसहरु अशिक्षित छन् ।

तर यस्तो आधुनिक नाम राख्ने उनीहरुको चलनले यो बताउँछ की उनीहरु आधुनिकता र शिक्षाप्रति निकै लालयित छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ६ : ३९ बजे

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको