बलिउडका भिलेन आशुतोषले आफ्नो थर किन राणा बनाए ? « Khabarhub

बलिउडका भिलेन आशुतोषले आफ्नो थर किन राणा बनाए ?


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका चर्चित अभिनेता आशुतोष राणालाई दर्शकले निकै खतरनाक खलनायक मान्दछन् । उनको अभिनय र खतरनाक लुक्स चलचित्रको कथामा खलपात्रमा निकै सुहाउँदो मानिन्छ । आशुतोषको यहि लुक्स र अभिनयले उनले दुई पटक फिल्मफेयर अवार्ड पाएका छन् ।

आशुतोष राणाको वास्तविक नाम आशुतोष नीखरा हो । गूगल सर्चमा समेत उनको नाम आशुतोष नीखरा नै देखाउने गरेको छ । खासमा आशुतोषको थर राणा होइन, नीखरा हो । त्यसोभए किन आशुतोष राणा कसरी भयो त ? आशुतोषको बुवाको नाम रामनारायण नीखरा हो । उनले पिता भक्तिको कारण पिताको नाम अर्थात रामको रा र नारायणको ‘ना’ जोडेर ‘राणा’ बनाए । उनी पिताको नाम जोडेकै कारण आफू सफल भएको मान्दछन् ।

आशुतोषले जीवनको शुरुवातामा बालक उमेरबाटै गाउँको रामलीलामा रावणको भूमिका निर्वाह गर्दथे । अहिले उनी अक्षय कुमारको आगामी चलचित्र पृथ्वीराजमा जयचन्द नामको भूमिका निर्वाह गर्दैछन् । आशुतोष राणाले रेणुका शहाणेसंग विवाह गरेका छन् । यो जोडी सामाजिक सञ्जालमा निकै सक्रिय रहने गरेको छ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १ : १९ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने