बलिउडका भिलेन आशुतोषले आफ्नो थर किन राणा बनाए ? « Khabarhub

बलिउडका भिलेन आशुतोषले आफ्नो थर किन राणा बनाए ?


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका चर्चित अभिनेता आशुतोष राणालाई दर्शकले निकै खतरनाक खलनायक मान्दछन् । उनको अभिनय र खतरनाक लुक्स चलचित्रको कथामा खलपात्रमा निकै सुहाउँदो मानिन्छ । आशुतोषको यहि लुक्स र अभिनयले उनले दुई पटक फिल्मफेयर अवार्ड पाएका छन् ।

आशुतोष राणाको वास्तविक नाम आशुतोष नीखरा हो । गूगल सर्चमा समेत उनको नाम आशुतोष नीखरा नै देखाउने गरेको छ । खासमा आशुतोषको थर राणा होइन, नीखरा हो । त्यसोभए किन आशुतोष राणा कसरी भयो त ? आशुतोषको बुवाको नाम रामनारायण नीखरा हो । उनले पिता भक्तिको कारण पिताको नाम अर्थात रामको रा र नारायणको ‘ना’ जोडेर ‘राणा’ बनाए । उनी पिताको नाम जोडेकै कारण आफू सफल भएको मान्दछन् ।

आशुतोषले जीवनको शुरुवातामा बालक उमेरबाटै गाउँको रामलीलामा रावणको भूमिका निर्वाह गर्दथे । अहिले उनी अक्षय कुमारको आगामी चलचित्र पृथ्वीराजमा जयचन्द नामको भूमिका निर्वाह गर्दैछन् । आशुतोष राणाले रेणुका शहाणेसंग विवाह गरेका छन् । यो जोडी सामाजिक सञ्जालमा निकै सक्रिय रहने गरेको छ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १ : १९ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ