किशोरीमाथि बलात्कारको आरोपमा ६ वर्षको कैज सजाय « Khabarhub

किशोरीमाथि बलात्कारको आरोपमा ६ वर्षको कैज सजाय


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– बलात्कारको घटनामा संलग्न भएको कसुर ठहर गर्दै नुवाकोट जिल्ला अदालतले आरोपित युवालाई ६ वर्षको कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले रसुवा उत्तरगाया गापा–३ ठूलोगाउँका २६ वर्षीय हर्क गुरुङलाई ६ वर्ष कैद सजाय तोकेको हो । बुधबार भएको फैसलामा पीडित किशोरीलाई १ लाख क्षतिपूर्ति भराउन पनि आदेश दिइएको छ ।

गुरुङले तारकेश्वर नपा–८ काठमाडौँकी १४ वर्षीया किशोरीलाई २०७३ पुस ५ गते नुवाकोटको ककनीको एक होटेलमा ल्याई बलात्कार गरेको आरोपमा पीडित किशोरीले २०७३ पुस ११ गते महानगरीय प्रहरी प्रभाग बालाजुमा उजुरी दिइकी थिइन् ।

पीडित किशोरीको उजुरीपछि प्रहरीले आरोपितलाई २०७३ पुस ११ गते नै तारकेश्वर नपा–८ लामाबगर काठमाडौँबाट गिरफ्तार गरेको थियो । महानगरीय प्रहरी प्रभाग बालाजुले घटनास्थल नुवाकोट भएकोले थप अनुसन्धानका लागि आरोपितसहित कागजात जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाएको थियो ।

यस्तै, १५ वर्षीया किशोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा गिफर्तार भएका ककनी गाउँपालिका–३ डाडागाउँका १७ वर्षीय प्रदीप राईलाई नुवाकोट जिल्ला अदालतले तीन वर्ष कैद र रु ५० हजार पीडित किशोरीलाई क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

चितवन रत्ननगर नगरपालिका टाँडीकी १५ वर्षीया किशोरीलाई २०७४ चैत १८ गते जागिर लगाइदिन्छु भन्दै काठमाडौँ हुँदै पीडकले आफ्नो घरमा ल्याएर पटक पटक बलात्कार गरेको भनी इलाका प्रहरी कार्यालय रत्ननगर चितवनमा पीडित किशोरीले २०७५ वैशाख ४ गते उजुरी दिएकी थिइन् । उजुरीमा पीडितले पीडकको घरबाट भागेर चितनव पुगेर उजुरी दिएको उल्लेख गरेकी छिन् ।

प्रहरीले आरोपित किशोरलाई २०७५ वैशाख ४ गते गिरफ्तार गरेको थियो । इलाका प्रहरी कार्यालय रत्ननगरले घटनास्थल नुवाकोट भएकोले थप अुनसन्धानका लागि पीडकसहित कागजात २०७५ वैशाख ५ गते नुवाकोट प्रहरी कार्यालय पठाएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १० : ३३ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय