किशोरीमाथि बलात्कारको आरोपमा ६ वर्षको कैज सजाय | Khabarhub Khabarhub

किशोरीमाथि बलात्कारको आरोपमा ६ वर्षको कैज सजाय


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– बलात्कारको घटनामा संलग्न भएको कसुर ठहर गर्दै नुवाकोट जिल्ला अदालतले आरोपित युवालाई ६ वर्षको कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले रसुवा उत्तरगाया गापा–३ ठूलोगाउँका २६ वर्षीय हर्क गुरुङलाई ६ वर्ष कैद सजाय तोकेको हो । बुधबार भएको फैसलामा पीडित किशोरीलाई १ लाख क्षतिपूर्ति भराउन पनि आदेश दिइएको छ ।

गुरुङले तारकेश्वर नपा–८ काठमाडौँकी १४ वर्षीया किशोरीलाई २०७३ पुस ५ गते नुवाकोटको ककनीको एक होटेलमा ल्याई बलात्कार गरेको आरोपमा पीडित किशोरीले २०७३ पुस ११ गते महानगरीय प्रहरी प्रभाग बालाजुमा उजुरी दिइकी थिइन् ।

पीडित किशोरीको उजुरीपछि प्रहरीले आरोपितलाई २०७३ पुस ११ गते नै तारकेश्वर नपा–८ लामाबगर काठमाडौँबाट गिरफ्तार गरेको थियो । महानगरीय प्रहरी प्रभाग बालाजुले घटनास्थल नुवाकोट भएकोले थप अनुसन्धानका लागि आरोपितसहित कागजात जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाएको थियो ।

यस्तै, १५ वर्षीया किशोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा गिफर्तार भएका ककनी गाउँपालिका–३ डाडागाउँका १७ वर्षीय प्रदीप राईलाई नुवाकोट जिल्ला अदालतले तीन वर्ष कैद र रु ५० हजार पीडित किशोरीलाई क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

चितवन रत्ननगर नगरपालिका टाँडीकी १५ वर्षीया किशोरीलाई २०७४ चैत १८ गते जागिर लगाइदिन्छु भन्दै काठमाडौँ हुँदै पीडकले आफ्नो घरमा ल्याएर पटक पटक बलात्कार गरेको भनी इलाका प्रहरी कार्यालय रत्ननगर चितवनमा पीडित किशोरीले २०७५ वैशाख ४ गते उजुरी दिएकी थिइन् । उजुरीमा पीडितले पीडकको घरबाट भागेर चितनव पुगेर उजुरी दिएको उल्लेख गरेकी छिन् ।

प्रहरीले आरोपित किशोरलाई २०७५ वैशाख ४ गते गिरफ्तार गरेको थियो । इलाका प्रहरी कार्यालय रत्ननगरले घटनास्थल नुवाकोट भएकोले थप अुनसन्धानका लागि पीडकसहित कागजात २०७५ वैशाख ५ गते नुवाकोट प्रहरी कार्यालय पठाएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १० : ३३ बजे

दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए, राहत वितरणमा अवरोध 

काठमाडौं– इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको ज्यान

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बुधबार पनि बस्दैछ ।

प्रतिनिधिसभामा भूमि सम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

सिरियामाथिका सबै प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल