कृषि विकास बैंक ह्याक प्रकरण : एक वर्षपछि पक्राउ परे नेपाली एजेन्ट « Khabarhub

कृषि विकास बैंक ह्याक प्रकरण : एक वर्षपछि पक्राउ परे नेपाली एजेन्ट


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विकास बैंक ह्याक प्रकरणमा एक वर्षपछि ह्याकरका नेपाली एजेन्ट पक्राउ परेका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाले विदेशी ह्याकरका नेपाली एजेन्ट धादिङको रुबीभ्याली गाउँपालिका- १ का ५४ वर्षीय खम्ब घलेलाई आइतबार स्वयम्भूबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए । कूल ३५ मध्ये उनी प्रमुख पाँचभित्र पर्ने अभियुक्त हुन् ।

सङ्गठित अपराधमा संलग्न व्यक्तिले बैंकको वित्तीय प्रणालीमा पहुँच राखी पैसा रकमान्तर गरी बैंकलाई झण्डै रु पाँच करोड हानि–नोक्सानी पु¥याउने कार्यमा गिरोह नै सक्रिय रहेका थिए । प्रहरीले पूरा पैसा रकमान्तर हुनुअघि नै केही व्यक्तिलाई पक्राउ गरेपछि उनीहरुको योजना विफल भएको थियो ।

प्रवउ थापाका अनुसार महाशाखाबाट खटिएको टोलीले घलेलाई गए राति काठमाडौँको स्वयम्भूबाट पक्राउ गरी सङ्गठित अपराध कसुरमा थप कारबाहीका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरेको छ ।

अघिल्लो वर्षको असोजमा कृषि विकास बैंक शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा रु ४९ लाख रकमान्तर भएको थियो । उक्त रकमबाट रु नौ लाख ५० हजार भुक्तानीसमेत भएको थियो ।

अर्का श्रवनकुमार श्रेष्ठको खातामा रकमान्तर गर्न रु २० लाखको चेक पेश गरेको अवस्थामा शङ्का लागि बैंकको प्रणाली परीक्षण गर्दा सुनिता श्रेष्ठसमेतका ब्यक्तिको खातामा बैंकको मौज्दातबाट वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखि रकम जम्मा गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले रु चार करोड ८८ लाख रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानि– नोक्सानी पु¥याउने योजना राखेका थिए ।

उक्त घटनापछि तत्कालै श्रवनकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशङ्कर पञ्जा समेतलाई पक्राउ गरी सङ्गठित अपराधमा मुद्दा चलाइएको छ । उक्त मुद्दामा ३५ जना संलग्न भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । अहिलेसम्म कुल २९ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ९ : १९ बजे

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी