लकडाउन हटाउने बेलायतको तयारी « Khabarhub

लकडाउन हटाउने बेलायतको तयारी


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको संक्रमण फैलदै गएपछि बेलायतले दोस्रो पटक गरेको लकडाउन हटाउने तयारी गरेको छ ।

बेलायतले क्रिसमसका बेला लकडाउन खुकुलो बनाउन लागेको हो । बेलायत सरकारले डिसेम्बर २ मा लकडाउन हटाउने भएको हो ।

यद्यपि अझै पनि जोखिम र सङ्क्रमण वृद्धि भइरहेका स्थानमा भने अरू प्रतिबन्धहरू कायम नै हुनेछन् ।

लकडाउन हटाउने योजनासहित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गत साता ‘कोभिड विन्टर प्लान’ घोषणा गरेका थिए ।

सङ्क्रमणको स्तरका आधारमा अति उच्च, उच्च र मध्यम गरी तीन तहमा विभाजन गरी प्रतिबन्ध लागू गरिनेछ ।

अहिले बन्द रहेका व्यवसाय, रेष्टुरेन्ट, जीमखाना लगायत सञ्चालन हुने भएका छन्  ।

कोभिड-१९ को सङ्क्रमण फैलिने क्रम बढेसँगै बेलायत सरकारले गएको नोभेम्बर ५ देखि डिसेम्बर २ सम्म देशब्यापी लकडाउन गरेको थियो ।

यसअघि मार्च अन्तिम हप्तादेखि त्यहाँ पहिलो पटक करिव तीन महिना लकडाउन गरिएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ६ : ३८ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीपीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, कठघरामा उभिएर जवाफ दिन्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका