एएफसीले आयोजना गर्ने प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबले भाग लिन नपाउने « Khabarhub

एएफसीले आयोजना गर्ने प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबले भाग लिन नपाउने


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका ‘ए’ डिभिजन क्लबले एफएफसीले आयोजना गर्ने कुनै पनि फुटबल प्रतियोगितामा सहभागी हुन नपाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ सिजन २०२१ को एएफसी क्लब प्रतियोगिताको सहभागीताका लागि गरेको क्लब आवेदनमा एएफसीले मापदण्ड नपुगेको भन्दै  प्रस्ताव अस्वीकृत गरेको हो ।

एन्फाले सोमबार ए डिभिजनका १३ क्लबले दिएको लाईसेन्स आवेदन रद्ध भएको जनाएको छ ।

ए लाइसेन्स प्रक्रिया लगभग नजिक पुगेको विभागीय आर्मी क्लबलाई एएफसीले आर्मीको प्रतिबद्धता र प्रयासलाई प्रशंसा गरेको छ ।

यसअघिनै एन्फाले आवश्यक कागजातहरु नपुगेको भन्दै शीर्ष डिभिजनका क्लबलाई एएफसीको लाईसेन्सको सिफारिस नगर्ने बताउँदै आएको थियो ।

एन्फाले यसपटकबाट ‘ए डिभिजन लिग’ खेल्न एन्फा लाईसेन्स अनिबार्य गरेको छ ।

गत बर्ष गलत तरिकाले क्लबलाई लाईसेन्स वितरण गरेको भन्दै एएफसीले एन्फालाई ठुलो रकम आर्थिक जरिवाना गरेको थियो ।

 

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १० : २० बजे

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँके– बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको