बढ्यो जाडो : उच्च रक्तचाप हुन नदिन अपनाऔँ यी सावधानी | Khabarhub Khabarhub

बढ्यो जाडो : उच्च रक्तचाप हुन नदिन अपनाऔँ यी सावधानी


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जाडो महिनामा बाहिर धेरै चिसो हुने भएकाले हाम्रो शरीरको नशाहरु खुम्चिने गर्छन् । यसले गर्दा हाम्रो शरीरमा रगत सञ्चालन राम्रोसँग हुन पाउँदैन ।

हाम्रो शरीरको रक्तचाप बढ्ने गर्छ । त्यसैले हामीलाई रक्तचाप सम्बन्धी विभिन्न रोगले सताउने गर्छ । यस समयमा उच्च रक्तचापले गर्दा हृदयघातको हुने सम्भावना बढी हुने गर्छ । यसले मानिसको ज्यानै जान सक्छ । त्यसैले हामीले सतर्क अपनाउनु जरुरी हुन्छ हाम्रो शरीरको रक्तचाप सन्तुलन राख्न अपनाउनु पर्ने विभिन्न उपायहरु यहाँ प्रस्तुत गरिएको छ ।

१. नुनको प्रयोग कम गर्ने : धेरै नुनको प्रयोगले गर्दा शरीरको रक्तचाप बढ्ने गर्छ । बाहिरको दानामा नुनको बढी प्रयोग गरिएको हुन्छ र त्यसैले बाहिरको खाना खान हुँदैन । यसले रक्तचाप बढाउने गर्छ । हामीले खाने खानामा आवश्यकभन्दा बढी नुनको प्रयोग गर्न हुँदैन

२. पौष्टिक अनाजको सेवन : फलफूल र तरकारीमा बढी मात्रामा भिटामिन, सिनेरल्स र फाइबर पाइने गर्छ । यसले हाम्रो मुटुलाई स्वास्थ्य राख्न मद्दत गर्छ । त्यसैले हामीले यस्ता खानेकुरामा बढी जोड दिनुपर्छ ।

३. तौल नियन्त्रण : तौल बढ्नाले मुटुलाई असर गर्ने गर्छ । यसले उच्च रक्तचापको सम्भावनालाई बढाउँछ । त्यसैले आफ्नो शरीरको तौल नियन्त्रण गर्न निकै जरुरी हुन्छ । तौल सन्तुलित रुपमा हुनाले हाम्रो मुटु स्वास्थ्य रहने गर्छ ।

४. व्यायाम : दैनिक करिब ३० मिनेको व्यायाम स्वीमीङ तथा विरस्क वाकिङ पनि मुटु रोगी तथा उच्च रक्तचापका साथमा अन्य रोग पनि छ भने चिकित्सकको सल्लाह अनुसार व्यायाम गर्नु उचित हुन्छ

५. मदिरा सेवन नगर्ने : मदिरा सेवनले शरीरमा कोलेस्ट्रोल बढाउँछ । यसले गर्दा हाम्रो रक्तचाप बढ्ने गर्छ । यसले हाम्रो मुटुलाई असर गर्छ । त्यसैले मुटु स्वास्थ्य राख्न रक्तचाप सन्तुलनमा राख्न मदिराको सेवन गर्न हुँदैन ।

६. शान्त रहनुहोस् : व्यस्त जीवनशैलीका कारण अहिले मानिसहरु आफ्ना लागि समय दिन सकिरहेका छैनन् । परिणामस्वरुप उनीहरुमा कुण्ठा भरिँदै गएको छ । झनक्क रिसाउने, कराउने, झगडा गर्ने स्वभाव मानिसहरुमा आएको छ । विभिन्न ध्यान योगा गर्नुहोस् यसले तपाईको मन शान्त राख्न मदत गर्छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ४ : ०४ बजे

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति