कालोबजारी गर्ने ८ कम्पनीमाथि वाणिज्य विभागको कारबाही « Khabarhub

कालोबजारी गर्ने ८ कम्पनीमाथि वाणिज्य विभागको कारबाही


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ विरुद्ध गतिविधि गर्ने ८ कम्पनीलाई कारबाही गरेको छ ।

विभागद्वारा सञ्चालित दैनिक बजार अनुगमनका क्रममा कालोबजारी गरेको पाइएपछि ती कम्पनीमाथि कारबाही गरिएको हो ।

विभागको कारबाहीमा पर्नेमा काठमाडौं टोखा ५ स्थित बुढाथोकी हार्डवयर, कामनपा ९ स्थित न्यू शिव खाद्य भण्डार, कामनपा ८ मदन दास इन्टरप्राइजेज, कामनपा ३२ सूर्यचन्द्र इन्टरप्राइजेज, ललितपुर १४ स्थित निड्स मार्ट प्रा.लि र सोफिया स्टोर र ललितपुर महानगरपालिका ९ स्थित नखिपोट मिनी मार्ट रहेका छन् ।

उक्त कम्पनीहरु मार्फत विभागले कुल १ लाख २१ हजार रुपैयाँ जरिवान असुल गरेको छ ।

मंगलबारको बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विरुद्ध गतिविधि सञ्चालन गरेको कारबाही गरेको पाइएपछि उक्त कम्पनीहरुलाई ऐन बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ९ : ५३ बजे

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर– जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’

विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आज समूह ‘दुई’का

गुर्जावासीको दिनभरको यात्राअवधि साढे दुई घण्टामा छोटियो

गुर्जा– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम

संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं- संखुवासभा र ताप्लेजुङको सिमाना क्षेत्रमा आज बिहान भूकम्पको धक्का

बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनको मुखैमा सार्वजनिक