साराले फोटोग्राफरलाई ‘नमस्ते’ मेरो पोज होइन भनेपछि « Khabarhub

साराले फोटोग्राफरलाई ‘नमस्ते’ मेरो पोज होइन भनेपछि


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री सारा अली खान अहिले आफ्नो आगामी फिल्मको काममा ब्यस्त छिन् । पछिल्ला दिनमा सारा अभिनेता सुशांत सिंह राजपूतको निधनमा जोडिएको ड्रग्स मामलाका कारण चर्चामा थिइन् । तर अहिले उनको चर्चा एउटा भिडियोको कारण चुलिएको छ ।

हालै साराको एउटा भिडियो भाइरल बनेको थियो । जहाँ उनी फोटोग्राफरका सामु बिभिन्न पोजमा फोटो खिचाइरहेकी हुन्छिन् । यसैबीच एक फोटोग्राफरले उनलाई नमस्ते वाला पोज दिन आग्रह गर्छन् । जहाँ साराको जवाफ नै भिडियो भाइरल हुनु र चर्चामा आउनुको कारण बनेको छ । भिडियोमा फोटोग्राफरलाई साराले ‘नमस्ते मेरो पोज हुने गर्दैन’ भनि जवाफ दिन्छिन् । साराको जवाफ उनका फ्यान माझ निकै चर्चित भयो ।

सारा अली खानको वर्क फ्रन्टको चर्चा गर्ने हो भने उनी चाँडै कुल्ली नम्बर वनमार्फत दर्शक माझ आउँदै छिन् । यस फिल्ममा सारा अली खान बलिउड अभिनेता वरुण धवनका साथमा मुख्य भूमिकामा रहनेछिन् । यस अलावा उनी अभिनेता अक्षय कुमार र धनुषका साथ फिल्म अतरंगी रेमा समेत मुख्य भूमिका रहनेछिन् ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ७ : ४१ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका