साराले फोटोग्राफरलाई ‘नमस्ते’ मेरो पोज होइन भनेपछि « Khabarhub

साराले फोटोग्राफरलाई ‘नमस्ते’ मेरो पोज होइन भनेपछि


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री सारा अली खान अहिले आफ्नो आगामी फिल्मको काममा ब्यस्त छिन् । पछिल्ला दिनमा सारा अभिनेता सुशांत सिंह राजपूतको निधनमा जोडिएको ड्रग्स मामलाका कारण चर्चामा थिइन् । तर अहिले उनको चर्चा एउटा भिडियोको कारण चुलिएको छ ।

हालै साराको एउटा भिडियो भाइरल बनेको थियो । जहाँ उनी फोटोग्राफरका सामु बिभिन्न पोजमा फोटो खिचाइरहेकी हुन्छिन् । यसैबीच एक फोटोग्राफरले उनलाई नमस्ते वाला पोज दिन आग्रह गर्छन् । जहाँ साराको जवाफ नै भिडियो भाइरल हुनु र चर्चामा आउनुको कारण बनेको छ । भिडियोमा फोटोग्राफरलाई साराले ‘नमस्ते मेरो पोज हुने गर्दैन’ भनि जवाफ दिन्छिन् । साराको जवाफ उनका फ्यान माझ निकै चर्चित भयो ।

सारा अली खानको वर्क फ्रन्टको चर्चा गर्ने हो भने उनी चाँडै कुल्ली नम्बर वनमार्फत दर्शक माझ आउँदै छिन् । यस फिल्ममा सारा अली खान बलिउड अभिनेता वरुण धवनका साथमा मुख्य भूमिकामा रहनेछिन् । यस अलावा उनी अभिनेता अक्षय कुमार र धनुषका साथ फिल्म अतरंगी रेमा समेत मुख्य भूमिका रहनेछिन् ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ७ : ४१ बजे

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते