यी पनि हुन् क्यान्सर हुने १० कारण « Khabarhub

यी पनि हुन् क्यान्सर हुने १० कारण


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरमा आवश्यकताभन्दा बढि मासु पलाए क्यान्सर लाग्न सक्छ । यो जुनसुकै कारणले पनि हुने गर्दछ ।

कतिपय अवस्थामा धुँलोधुवाँ, प्रदुषण लगायत सुर्यको विकिरणले पनि क्यान्सर लाग्नसक्छ । त्यस्तै, शरीरको प्रतिरोधी क्षमताका कारणले पनि रोगको खतरा टार्न नसकेर क्यान्सर लाग्न सक्छ । यस्तोमा क्यान्सर हुनुको प्रमुख कारण यी हुन् :

१. मदिरा आफैमा क्यान्सरको ठूलो कारक हो । मदिराको साथमा धुमपानको सेवन गर्नेहरुमा क्यान्सरका साथै अन्य रोग लाग्ने सम्भावना अत्याधिक हुन्छ । मदिराकै कारण मुख, घाँटी, अन्ननली, भोकल कर्ड, कलेजो तथा स्तन क्यान्सरको जोखिम उच्च हुन्छ ।

२. क्यान्सरबाट मृत्यु हुनेमध्ये धुम्रपान तेस्रो नम्बरमा रहेको छ । धुम्रपान बाहेक सुर्तीजन्य पर्दाथलाई अन्य तरीकाले प्रयोग गर्नु पनि मुखको क्यान्सरको सबैभन्दा ठूलो कारण हो ।

३. परिवारमा कसैलाई क्यान्सर छ भने त्यस्ता व्यक्तिबाट जन्मने बच्चामा पनि क्यान्सरको संभावना रहने गर्दछ । विशेषगरी, स्तन क्यान्सर, मेलानोमा, अण्डासयको क्यान्सर, प्रोस्टेट तथा आन्द्राको क्यान्सर एक पिढीबाट अर्कोमा सजिलै सर्न सक्छ ।

४. अधिकाशं मानिसमा ६५ वर्षको उमेरपछि क्यान्सर हुने गर्दछ । अर्थात जति जति हाम्रो उमेर बढ्दै जान्छ, त्यति नै शरीरको स्वस्थ कोशिकाको पुननिर्माण प्रक्रिया नष्ट हुन थाल्छ । जसका कारण क्यान्सर हुने सम्भावना हुन्छ ।

५. क्यान्सर हुन सक्ने एक कारण अक्सिजन पनि हो । अक्सिजनको अभावमा हामी जिवित रहन सक्दैनौ । तर शरीरमा फ्री रेडिकल्सको रुपमा रहेको अक्सिजन पनि क्यान्सरको प्रमुख कारक हुनसक्छ ।

६. सामान्य लाग्ने कतिपय कारणले पनि क्यान्सर हुनसक्छ । जस्तो अवस्थ खानपान, व्यायामको कमी तथा अनियन्त्रित तौलका कारण पनि क्यान्सरको जोखिममा रहने गर्दछ ।

७. हर्मोनको असन्तुलन भएमा पनि क्यान्सर हुने गर्दछ । गर्भनिरोधक चक्कीको सेवन गर्नेहरुमा पनि क्यान्सरको जोखिम हुने विभिन्न अध्ययन अनुसन्धानले जनाएको छ ।

८. रेडन ग्यास, रेडिएटिभ स्राव, एक्स रेको विकिरणले कोशिकालाई हानी पुर्‍याउने गर्दछ र क्यान्सरको जोखिम निम्त्याउँछ । न्युक्लियर पावर प्लाट वरिपरि वस्ने तथा त्यसमा काम गर्ने मानिसलाई पनि यस प्रकारको विकिरणले हानी गर्न सक्छ ।

९. प्रदुषण पनि क्यान्सरको मुख्य कारण हो । वायु प्रदुषणका कारण हामी प्रत्येक दिन कयौ तत्वको सम्पर्कमा आउने गछौ, जसले फोक्सोको क्यान्सरको समस्या निम्त्याउने गर्छ ।

१०. शरीरको प्रतिरक्षा प्रणालीको विकास गर्ने औषधीको प्रयोगले पनि क्यान्सरको जोखिम हुन्छ । यस्ता औषधीको प्रयोग लिम्फोमा (ग्रन्थीको क्यान्सर) हुने सम्भावना उच्च हुन्छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ७ : ५५ बजे

आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

अहमदाबाद – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२औँ

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी

काठमाडौं– मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट

लगातार तीन दिन सार्वजनिक बिदा : आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ