लामो समयसम्म ग्यास बन्द भएपछि पाकिस्तानमा विरोध प्रदर्शन गर्ने चेतावनी « Khabarhub

लामो समयसम्म ग्यास बन्द भएपछि पाकिस्तानमा विरोध प्रदर्शन गर्ने चेतावनी


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वाट– पाकिस्तानमा लामो समयदेखि ग्यास बन्द भएपछि गुम्बाद मैरा, मलुकाबाद, शाहदरा वाटकी र आसपासका क्षेत्रका स्थानीयहरुले सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।

“जाडो सुरु भएदेखि एसएनजीपीएलले प्रायः गाउँमा ग्यास आपूर्तिलाई अवरुद्ध गरिदिएको छ । जसका कारण हामीले खाना पकाउनसमेत समस्या भइरहेको छ । सरकारले यसको व्यवस्थापनका लागि कुनै काम गर्न सकेको छैन,”गुम्बाद मैराकी सायरा अहमदले पत्रकारलाई बताइन् ।

गुम्बाद मैराका अन्य बासिन्दाले चिसो मौसमको समयमा विशेष गरी वृद्ध र बच्चाहरूको लागि कोठा तातो राख्‍न पनि ग्यास आपूर्ति आवश्यक रहेको बताएका छन् ।

गुम्बाद मैराका इकबाल अलीले भने, “रातको समयमा तापक्रम कम हुँदै गइरहेको र कोठा तताउन ग्यासको प्रयोग हुने गरेको थियो । तर, अहिले हामीलाई समस्या भइरहेको छ ।”

त्यहाँका स्थानीय बासिन्दाहरूले भनेका छन्, उनीहरूलाई खाना पकाउन र पानी तताउन महँगो एलपीजी प्रयोग गर्नुपर्ने बाध्यता छ ।

रहिमाबादका बासिन्दाले भने, ‘बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म उक्त क्षेत्रको ग्यास आपूर्ति अवरुद्ध भएको बिहान सबेरै पनि, खाना र कोठा तताउन सबैभन्दा बढी आवश्यक पर्छ ।’ सरकारले यसको तत्काल व्यवस्थापन नगरे कडा आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएका छन् । एएनआई

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  २ : ३७ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क