लामो समयसम्म ग्यास बन्द भएपछि पाकिस्तानमा विरोध प्रदर्शन गर्ने चेतावनी « Khabarhub

लामो समयसम्म ग्यास बन्द भएपछि पाकिस्तानमा विरोध प्रदर्शन गर्ने चेतावनी


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वाट– पाकिस्तानमा लामो समयदेखि ग्यास बन्द भएपछि गुम्बाद मैरा, मलुकाबाद, शाहदरा वाटकी र आसपासका क्षेत्रका स्थानीयहरुले सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।

“जाडो सुरु भएदेखि एसएनजीपीएलले प्रायः गाउँमा ग्यास आपूर्तिलाई अवरुद्ध गरिदिएको छ । जसका कारण हामीले खाना पकाउनसमेत समस्या भइरहेको छ । सरकारले यसको व्यवस्थापनका लागि कुनै काम गर्न सकेको छैन,”गुम्बाद मैराकी सायरा अहमदले पत्रकारलाई बताइन् ।

गुम्बाद मैराका अन्य बासिन्दाले चिसो मौसमको समयमा विशेष गरी वृद्ध र बच्चाहरूको लागि कोठा तातो राख्‍न पनि ग्यास आपूर्ति आवश्यक रहेको बताएका छन् ।

गुम्बाद मैराका इकबाल अलीले भने, “रातको समयमा तापक्रम कम हुँदै गइरहेको र कोठा तताउन ग्यासको प्रयोग हुने गरेको थियो । तर, अहिले हामीलाई समस्या भइरहेको छ ।”

त्यहाँका स्थानीय बासिन्दाहरूले भनेका छन्, उनीहरूलाई खाना पकाउन र पानी तताउन महँगो एलपीजी प्रयोग गर्नुपर्ने बाध्यता छ ।

रहिमाबादका बासिन्दाले भने, ‘बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म उक्त क्षेत्रको ग्यास आपूर्ति अवरुद्ध भएको बिहान सबेरै पनि, खाना र कोठा तताउन सबैभन्दा बढी आवश्यक पर्छ ।’ सरकारले यसको तत्काल व्यवस्थापन नगरे कडा आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएका छन् । एएनआई

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  २ : ३७ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले