कोरोनाविरूद्धको खोप प्रयोगका लागि बेलायतले दियो अनुमति « Khabarhub

कोरोनाविरूद्धको खोप प्रयोगका लागि बेलायतले दियो अनुमति


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतले कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ ।

अमेरिकी फाइजर तथा जर्मन बायोएनटेकद्वारा विकसित कोरोनाविरुद्धको खोपलाई बेलायतले अनुमति दिएसँगै सर्वसाधारणका लागि खोप लगाउने बाटो खुलेको छ ।

स्वास्थ्यमन्त्री म्याट ह्यानककले आउदो सातादेखि खोप दिन सुरू गरिने जनाएका छन् ।

बेलायतले खोपका लागि अनुमति दिएसँगै युरोपभर राजनीतिक तरंग उत्पन्न भएको छ । युरोपेली मुलुकमा सर्वसाधारणका लागि खोप दिने बेलायत पहिलो मुलुक भएसँगै युरोपेली युनियनका अन्य सदस्य राष्ट्रहरूमा तरंग सृजना भएको बीबीसीले उल्लेख गरेको छ ।

ब्रेक्जीटका कारण बेलायतमा चाँडो कोभिड खोपको प्रयोग स्वीकृति दिइएको स्वास्थ्यमन्त्री ह्यानककले प्रष्ट्याएका छन् ।

त्यस्तै हाउस अफ कमन्सका कन्जरभेटिभ नेता जेकब रिजमगले पनि ट्वीट गर्दै ईयू त्यागेकै कारण यति छिटो खोपलाई अनुमति दिन सकेको बताए ।

ईयूका अधिकारीहरूले त्यस्ता भनाइलाई खारेज गर्दै ईयूद्वारा स्थापित संयन्त्र नै बेलायतले पनि पछ्याएको र जुनसुकै सदस्य राष्ट्रले पनि त्यसो गर्न सक्ने बताएको छ।

ईयूको नियामक निकायले आफ्नो प्रक्रियामा ढिलाइ हुनुको कारण खोपान सामेल कडा सुरक्षा परीक्षणका नियम रहेको दाबी गरेको छ ।

बेलायतका निम्ति जर्मन राजदूत आन्द्रियास माइकेलिसले भाइरसविरुद्धको लडाई कुनै राष्ट्रिय मुद्दा नभएको भन्दै अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकतामा जोड दिएका छन् ।

 

 

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  १२ : २९ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का