आठौं राष्ट्रिय खेलकुद : प्रदेश ५ द्वारा विभागीय टोली एपीएफ पराजित « Khabarhub

आठौं राष्ट्रिय खेलकुद : प्रदेश ५ द्वारा विभागीय टोली एपीएफ पराजित


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नेपालगन्ज– आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा प्रदेश नम्बर ५ ले विभागीय टोली शसस्त्र प्रहरी बलको टोली एपीएफलाई पराजित गरेको छ । शुक्रबार खजुराको ‘डी’ गाउँमा भएको खेलमा प्रदेश ५ ले एपीएफलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

एपीएफविरुद्ध प्रदेश ५ का लागि पुर्ण बहादुर गुरुङ, विवेक पुन र सुज्जु सेनले समान १–१ गोल गरे । विभागीय टोली एपीएफका लागि आशिस लामा र प्रदिप लामाले १–१ गोल गरे ।

पहिलो हाफमा एपीएफले अग्रता लिएपनि अग्रता जोगाउन नसक्दा विभागीय टोलीले खेल सुम्पिन पुग्यो । एपीएफका लागि खेलको १८ औँ मिनेटमा आशिसले गोल गर्दैसुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै २६ औँ मिनेटमा प्रदिपले गोल गर्दै एपीएफले दोब्बेर अग्रता बनाएको थियो ।

प्रदेश ५ का लागि खेलको ४० औँ मिनेटमा पुर्ण बहादुरले, ४३ औँ मिनेटमा विवेकले र खेलको ७६ औँ मिनेटमा सन्जुले गोल गर्दै टिमलाई जीत दिलाएका हुन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  २ : ०५ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६