प्रचण्डलाई भेटेर पोखरेलले भने– विवाद हल गर्न साझा प्रस्ताव ल्याऔँ « Khabarhub

प्रचण्डलाई भेटेर पोखरेलले भने– विवाद हल गर्न साझा प्रस्ताव ल्याऔँ


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टीको विवाद हल गर्न साझा प्रस्ताव ल्याउन उपप्रधानमन्त्रीसमेत रहेका नेकपा नेता ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

प्रचण्डलाई भेट्न शुक्रबार बिहान खुमलटार पुगेका नेता पोखरेलले साझा प्रस्ताव ल्याउन आग्रह गरेको बताइएको छ ।

यसअघि हिजो महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका थिए। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले मंसिर १३ गते प्रचण्डको प्रस्तावको जवाफ दिएका थिए।

प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरू दुबै प्रतिवेदनमाथि छलफल गर्नुपर्ने अडानमा छन्। प्रधानमन्त्री ओली पक्षधरले भने दुबै प्रतिवेदन फिर्ता गरेर साझा प्रस्ताव ल्याउन प्रयास गरिरहेका छन्।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ३ : ४५ बजे

‘पञ्चकन्या जाल्पादेवी’ मन्दिर प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-४ कटहरे लुङथुङमा अवस्थित धार्मिक तथा ऐतिहासिक

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी- म्याग्दी जिल्लास्थित बेनी नगरपालिका-४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई

सेवाग्राहीका घरमा राहदानी पुर्‍याउँदै चितवन प्रशासन

चितवन- जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब

मुस्ताङको जोमसोममा निर्माणाधीन कभर्ड हल दुई वर्षदेखि अलपत्र

मुस्ताङ- मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोममा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल दुई

सर्लाही पुगेर गगनले भने : म हार्दा धेरै साथी र शुभेच्छुकहरू रूनुभयो

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा