म्यारोडोनाको सम्मानमा रंगशालाको नाम परिवर्तन « Khabarhub

म्यारोडोनाको सम्मानमा रंगशालाको नाम परिवर्तन


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नापोलीले क्लबले आफ्नो रंगशालाको नाम परिवर्तन गर्दै म्यारोडोनाको नाममा नामाकरण गरेको छ ।

अर्जेन्टिनाका आक्रमक मिडफिल्डर तथा प्रशिक्षक म्यारोडोनाको निधनपछि क्लबले उनको नाममा रंगशालाको नामाकरण गरेको हो ।

म्यारोडोनाको गत महिनामात्र ६० वर्षको उमेरमा ह्दयघाटका कारण निधन भएको थियो । उनले सिरि ए क्लबलाई सन् १९८७ र १९९० मा शीर्ष डिभिजनको लिग जिताएका थिए ।

नापोली नगर परिषदको प्रस्तावलाई स्वीकृति प्राप्त हुने बित्तिकै सान पाउलो रंगशालालाई डिएगो अर्मान्डो म्यारोडोनाको नाममा रुपान्तरिक हुनेछ ।

नापोलीका मालिक औरिलियो डी लौरेनिटसले म्यारोडोनाको निधनपछि एक खुल्ला पत्रमा रंगशालाको नाम बदल्ने प्रस्ताव गरेका थिए ।

म्यारोडोनाले नापोलीमा ७ वर्ष बिताएका थिए । उनी सन् १९८४ मा बार्सिलोनाबाट नापोली आएका थिए । उनले ईटालीबाट सन् १९८७ मा कोपा इटालिया र सन् १९८९ मा यूईएफए कप जितेका थिए ।

उनले नापोलीबाट १ सय ८८ खेलमा सहभागीता जनाए । उनले आफ्नो करियरमा सबैभन्दा बढी खेल नापोलीबाट खेले । उनले क्लबका लागि ८१ गोल समेत गरे ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १० : ०२ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ