प्रभावकारी बन्दै अनलाइन राजस्व प्रणाली | Khabarhub Khabarhub

प्रभावकारी बन्दै अनलाइन राजस्व प्रणाली


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीमार्फत रु ४३ करोड २६ लाख  ५५ हजार ५७२ राजस्व असुल गरेको छ ।

गत असोज १ गते अनलाइनमार्फत राजस्व सङ्कलन थालेको कामपाले सबैभन्दा बढी वहाल करमा रु २१ करोड ५० लाख असुल गरेको छ ।

त्यसैगरी सम्पत्ति करमा रु १० करोड ७१ लाख र व्यवसाय करमा रु चार करोड ४४ लाख असुल गरेको कामपाले जानकारी गराएको छ ।

अहिलेसम्म सबैभन्दा बढी वडा नं १ बाट रु तीन करोड सात लाख ५५ हजार, २६ वडाबाट रु २२ करोड ३५ लाख ५२ हजार र  सबैभन्दा कम वडा १८ बाट रु चार लाख ९८ हजार असुल गरेको कामपा राजस्व विभाग प्रमुख शिवराज अधिकारीले जानकारी दिए  ।

उनका अनुसार अनलाइन प्रणालीबाट राजस्व सङ्कलन कार्यलाई नागरिकले सहजसाथ लिएका छन् ।

कर तिर्नका लागि कार्यलयसम्म आउनुपर्ने र आएर पनि लाइन बस्नुपर्ने समस्याको अन्त्य भएको छ ।  यहीअनुरुप कर सङ्कलन भए लक्ष्यभन्दा बढी असुल हुनेछ । गत आवमा कोरोनाले असर पारे पनि लक्ष्यको ८३ प्रतिशत रकम असुल गरेको थियो ।

अनलाईन कर असुली कम्प्युटर सफ्टवेयरमा आधारित प्रणाली हो । यस प्रणालीको मुख्य काम कर तथा राजस्वको अभिलेखन, कर निर्धारण तथा असुलीसम्बन्धी कामलाई स्वचालित बनाउनु हो ।

अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी दुई वटा प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन् ।

यसमा करदाताले कामपालाई बुझाउनुपर्ने करको प्रारम्भिक मूल्याङ्क करदाता आफैँले घरमै बसेर गर्न सक्ने सुविधा छ ।

करदातासँग सम्बन्धित र सोधिएका र माग गरिएका विवरण भरेपछि प्रणाली आफैँले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ । यसबाट कसलाई कति रकम तिर्नुपर्ने हो करदातालाई थाहा हुन्छ ।

करदाताको विवरण पेस भएपछि कर मूल्याङ्कन अधिकृतले प्रचलित कानून र दरका आधारमा कर मूल्याङ्कनलाई रुजु गरी स्वीकृत गर्नेछन् । त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (इसेवा, कनेक्ट आइपीएस, फोनपे, आइएमइपे, प्रभु पे)लगायतबाट भुक्तानी गर्न सक्नेछन् ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ९ : ३१ बजे

सरकारले संसद्को अवहेलना गर्‍यो : हितराज पाण्डे

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले सरकारमाथि संसद्को अवहेलना

समस्याग्रस्त आयोजनामा समाधान खोज्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड   

काठमाडौं– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले समस्याग्रस्त आयोजनाहरूमा समाधान

ट्रम्पको चेतावनी- युक्रेन कुनै दिन रुसी हुनसक्छ

एजेनसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स

आठ करोडमा बनाइयो पालिकाको पक्की भवन

त्रिवेणी– आठ करोड ६९ लाख १८ हजार ११९ को लागतमा

संसदमा उठ्यो स्वर्गद्वारी आश्रमको विषय, मोही किसानलाई न्याय दिन माग

काठमाडौं– नेपाली कांग्रेसको सांसद दीपक गिरीले स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास