सचिवालय बैठकको आधा घण्टाअघि बालुवाटर पुगे प्रचण्ड | Khabarhub Khabarhub

सचिवालय बैठकको आधा घण्टाअघि बालुवाटर पुगे प्रचण्ड


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड सचिवालय बैठकका निर्धारित समयभन्दा आधा घण्टाअघि नै बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सहमति नभई बैठकमा उपस्थित नहुने जनाउपछि प्नचण्ड ओलीका निकटवर्तीसँग छलफलका लागि आधा घण्टाअघि नै बालुवाटार पुगेको बताइएको छ ।

बालुवाटारमा  बालुवाटारमा सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिवा विष्णु पौडेल पनि आधा घण्टाअघि नै पुगेकाले प्रचण्डसँग छलफलमा बसेको जनाइएको छ  । तर,उक्त छलफलमा ओली छन् या छैनन् भन्ने खुलेको छैन ।

बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि तीन दिन स्थगित गरेर आज उनीसहित सहभागी हुनेगरी बैठक राखिएको थियो ।

दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १ : ०१ बजे

जेन-जी आपसी विवादमा, सडकमा ओर्लिए दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद बढ्न थालेपछि

अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता 

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई

शीतलनिवासमै सुरक्षित छन् राष्ट्रपति, शुक्रबार बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्ने दाबी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा संविधानविदहरुसँग पछिल्लो राजनीतिक संकटबारे

चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा

सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुवोधले