सिरी ए फुटबलमा युभेन्टसको पुनरागमन जित « Khabarhub

सिरी ए फुटबलमा युभेन्टसको पुनरागमन जित


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले पुनरागमन जित निकालेको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोविरुद्ध २-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा सुरुवाती एक गोलले पछि परे पनि युभेन्ट्सले उत्कृष्ट पुनरागमन गर्‍यो ।

खेलको नवौं मिनेटमा निकोलस एनकोउलोले गोल गर्दै टोरिनोलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा युभेन्ट्स खेलमा फर्किएको थियो ।

७८औँ मिनेटमा वेस्टन म्याकेनीले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा फर्काए । ८९औँ मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए ।

इन्जुरी समयमा कार्लोले रातो कार्ड पाएपछि युभेन्ट्स १० खेलाडीमा समेटिएको थियो ।

घरेलु मैदानको जितसँगै युभेन्ट्स दोस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सले १० खेलमा २० अंक जोडेको छ भने टोरिनो ६ अंकसहित १८औँ स्थानमा छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ६ : ०१ बजे

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका अधिकांश मुद्दा

झापा– सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः आपसी सहमतिमै

नयाँ तलबमान स्वीकृत: मुख्यसचिवको ९० हजार, कसको तलब कति ?

काठमाडौँ – सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ।

‘महाभारत’का अश्वत्थामादेखि ‘गजनी’का डरलाग्दा खलनायकसम्म: प्रदीप रावत सङ्घर्ष र सफलता

भारतीय चलचित्रमा केही कलाकार यस्ता हुन्छन्, जसको नाम सुन्नासाथ कुनै

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा

बाढीले बगाउँदा एक व्यक्तिको मृत्यु

जनकपुरधाम– महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु