पीएजीबाट एम्बाप्पेले पूरा गरे एक सय गोल « Khabarhub

पीएजीबाट एम्बाप्पेले पूरा गरे एक सय गोल


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- केलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट एक सय गोल पूरा गरेका छन् ।

शनिबार राति पीएसजीले मोन्टपेलियरलाई ३–१ ले पराजित गर्ने क्रममा एम्बाप्पले सय गोल पूरा गरेका हुन् ।

एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै कोलिन डाग्बाले पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

घरेलु टोलीका स्टेफी माविदिदी ४१औँ मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

मोइस केनले कठिन कोणबाट गोल गर्दै पीएसजीलाई पुन २–१ को अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा एम्बाप्पेले पीएसजीबाट सय गोल पार गरे ।

उनले १ सय ३७ खेलमा सय गोल पूरा गरेका हुन् । उनी पीएसजीबाट सय गोल पूरा गर्ने पाँचौ खेलाडी बनेका छन् ।

फ्रान्सका अन्तर्राष्ट्रिय फरवार्ड १ सय ६५ मिलियन पाउण्डमा पीएसजी आउनुअघि मोनाकोबाट २७ गोल गरेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ९ : ०१ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न