गोली लागेर खाग तस्कर घाइते « Khabarhub

गोली लागेर खाग तस्कर घाइते


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल– बुटवलको सुख्खानगरस्थित एक होटलमा आज बिहान प्रहरीले गैंडाका खाग तस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा खागको कारोवार हुँदै गर्दा पुगेको प्रहरी टोलीको पेस्तोल खोसेर तस्करले प्रहार गर्न खोज्दा उनी आफैँलाई लागेको छ ।

होटेलमा खाग तस्कर रहेको सूचनाका आधारमा पुगेको सादा पोशाकका प्रहरी टोलीलाई खाग तस्करले प्रहरीकै पेस्तोल खोसेर गोली प्रहार गर्दा तस्कर समूहकै एक जना घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार गोली प्रहारबाट तस्कर समूहका सदस्यको चिउँडोमा गोली लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

तस्कर समूहका चारमध्ये सुर्खेत घर भएका भक्तबहादुर थापा र जाजरकोट घर भएका कर्णबहादुर रावतलाई नियन्त्रणमा लिइएको र एक जना प्रहरीको घेरा तोडेर भागेको प्रनाउ राठौरले जानकारी दिए ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ११ : ४४ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष