कोरोना संक्रमितको उपचारमा दोहोरो शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन | Khabarhub Khabarhub

कोरोना संक्रमितको उपचारमा दोहोरो शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमितको उपचारमा दोहोरो शुल्क नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचीकृत अस्पतालहरुलाई निर्देशन दिएको छ।

आइतबरको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोनाको उपचार गरे बापत बिरामीसँग शुल्क नलिन अस्पतालहरुलाई निर्देशन दिएका हुन ।

आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमले उक्त निर्णय गरेको मन्त्रालयले जनाएको छ। कोरोनाको दोहोरो शुल्क लिएको पाइएमा मन्त्रालयले कारबाही गर्ने प्रवक्ता गौतमले चेतावनी दिए ।

बिरामीसँग र मन्त्रालयबाट दोहोरो शुल्क लिए/नलिएको बारे अनुगमन गर्न समिति समेत गठन गरिएको उनले जानकारी दिए।

उनले भने, ‘उपचारका लागि सूचीकृत अस्पतालहरुले सेवाग्राहीसँग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग दुवैतिर दोहोरो शुल्क लिइरहेको भन्ने जनगुनासोहरु आइरहेको छ। यस सन्दर्भमा अनुगमन गरी कारबाहीका लागि केश व्यवस्थापन कार्यदलले अत्यावश्यक कामहरु गर्ने गराउने भन्ने निर्णय भएको छ।’

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ५ : २४ बजे

प्रि ओपन सेसन : २ अंकले बढ्यो नेप्से

काठमाडौं– प्रिओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.१९ अंकले बढेको

बाढीपहिरो पीडितलाई एनआरएनएको सहयोग घोषणा

लण्डन– लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो

हेटौँडा–काठमाडौं र हेटौँडा–धरान सडक खुल्यो

मकवानपुर– वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र

लिग-२ : नेपालले कसरी खेल्नसक्छ २०२७ को विश्वकप ?

विश्वकप लिग-२ का सुरुवाती खेलमा कमजोर प्रदर्शन गरिरहेको नेपालले सन्

संसदीय सुनुवाइसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ ।