कोरोना संक्रमितको उपचारमा दोहोरो शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन « Khabarhub

कोरोना संक्रमितको उपचारमा दोहोरो शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमितको उपचारमा दोहोरो शुल्क नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचीकृत अस्पतालहरुलाई निर्देशन दिएको छ।

आइतबरको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोनाको उपचार गरे बापत बिरामीसँग शुल्क नलिन अस्पतालहरुलाई निर्देशन दिएका हुन ।

आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमले उक्त निर्णय गरेको मन्त्रालयले जनाएको छ। कोरोनाको दोहोरो शुल्क लिएको पाइएमा मन्त्रालयले कारबाही गर्ने प्रवक्ता गौतमले चेतावनी दिए ।

बिरामीसँग र मन्त्रालयबाट दोहोरो शुल्क लिए/नलिएको बारे अनुगमन गर्न समिति समेत गठन गरिएको उनले जानकारी दिए।

उनले भने, ‘उपचारका लागि सूचीकृत अस्पतालहरुले सेवाग्राहीसँग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग दुवैतिर दोहोरो शुल्क लिइरहेको भन्ने जनगुनासोहरु आइरहेको छ। यस सन्दर्भमा अनुगमन गरी कारबाहीका लागि केश व्यवस्थापन कार्यदलले अत्यावश्यक कामहरु गर्ने गराउने भन्ने निर्णय भएको छ।’

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ५ : २४ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको