प्रधानमन्त्री ओलीले भोलि ११ बजेलाई बोलाए सर्वदलीय बैठक « Khabarhub

प्रधानमन्त्री ओलीले भोलि ११ बजेलाई बोलाए सर्वदलीय बैठक


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

बैठक भोलि (मंगलबार) ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आफ्नै दलभित्रको किचलो उच्चतम स्तरमा पुगेका बेला पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सर्बदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गरेको थापाले बताए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सत्ता संघर्ष चर्किरहेको र दलको स्थायी समिति बैठकमा समेत सहभागि नभएका प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकले धेरैको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्रीले के विषयमा छलफल गर्नका लागि यो बैठक डाक्न लागेको भन्ने अझै यकिन भने हुन सकेको छैन ।

तर अहिलेको बदलिदो परिस्थिति र समसामयिक विषयमा छलफल हुने स्रातले जनाएको छ । खासगरी पछिल्ला दिनमा सडकमा देखिएको प्रदर्शनका विषयमा दलहरुको साझा धारणा बुझ्नका लागि बैठक डाकिन लागेको स्रोतको भनाइ छ ।

 

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  २ : २२ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार