सेतो मच्छेन्द्रनाथ आगमघर पुनःनिर्माण अन्तिम चरणमा « Khabarhub

सेतो मच्छेन्द्रनाथ आगमघर पुनःनिर्माण अन्तिम चरणमा


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सेतो मच्छेन्द्रनाथको आगमघर पुनःनिर्माण अन्तिमचरणमा पुगेको छ ।

आगमघर स्थानीयवासीको सहभागितमा पुनःनिर्माण भएको हो । श्री आर्यावलोकितेश्वर सुधार समूहले रु तीन करोड ५० लाखको लागतमा पुनःनिर्माण गरेको हो । पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिका र वाग्मती प्रदेश सरकारले समेत सहयोग गरेको समूहको अध्यक्षसमेत रहेका महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए।

महानगरपालिकाले काठका लागि रु ८० लाख र छानाका लागि रु ८५ लाख सहयोग गरेको छ । यसैगरी वाग्मती प्रदेश सरकारले आगमघर पुनःनिर्माणका लागि रु ५० लाख सहयोग गरेको छ । बाँकी सहयोग स्थानीयवासी, भक्तजन एवं दाताबाट जुटाइएको अध्यक्ष शाक्यले बताए ।

विसं १९९० को भूकम्पले समेत आगमघर पूर्ण रुपमा क्षति भएको थियो । त्यसबेला हतारमा आगमघर पुनःनिर्माण गर्दा प्राचीन वास्तुकला लोप भएकामा यस वर्षको पुनःनिर्माणमा त्यसलाई पुनःस्थापित गरिएको समूहले जनाएको छ । दुई वर्षअघि स्थानीयवासीको सक्रियतामा समूह गठन गरी आगमघर पुनःनिर्माण शुरु भएको थियो ।

हाल आगमघर पुनःनिर्माणको ८० प्रतिशत काम सम्पन्न भएको छ । कोरोना महामारीका कारण पुनःनिर्माण केही ढिला भएको हो । आगामी माघमा गरिने श्री आर्यावलोकितेश्वर करुणामयको महास्नानअघि आगमघरको पुनःनिर्माण सम्पन्न गर्ने समूहको लक्ष्य छ । प्रत्येक वर्ष माघशुक्ल अष्टमीका दिन करुणामयको महास्नान गर्ने परम्परा छ ।

आगमघर पुनःनिर्माणका लागि द्रव्यमानसिंह तुलाधर र नवीन तुलाधरलगायत दाताको विशेष सहयोग रहेको समूहले जनाएको छ । उनीहरुको सहयोगमा मन्दिरमा सुनको मोलम्बा लगाउनेलगायत काम भइरहेको छ । भूकम्पले क्षति भएको करुणामयको मूल मन्दिर भने भारत सरकारको सहयोगमा प्रवलीकरण गर्न पाँच महिनाअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र भारत सरकारबीच सम्झौता भएको समूहका अध्यक्ष शाक्यले बताए।

भारत सरकारबाट आउने सहयोगमा केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन) ले मन्दिर प्रवलीकरणका लागि ठेक्का गरेको छ । डेढमहिनामा निर्माण व्यवसायी छनोटको प्रक्रिया पूरा गरी प्रवलीकरण शुरु गरिने एकाई (भवन) का आयोजना प्रमुख श्यामकिशोर सिंहले जानकारी दिए ।

वर्षा र सहकालका देवताका रुपमा विशेष पूजिने सेतो मच्छेन्द्रनाथको जात्रा चैत्र शुक्ल अष्टमीदेखि चार दिनसम्म राजधानीको तीनधारा पाठशालाबाट असन, इन्द्रचोक हुँदै हनुमानढोका दरबारबाट लगन पुगी त्यही बाटो फर्काउने परम्परा छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ४ : १५ बजे

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक

सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीद्वारा बन्द हेटौँडा कपडा उद्योग निरीक्षण

मकवानपुर – सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज

असन्तुष्ट पक्षलाई समेटेर लान सभापतिलाई नेता शशाङ्कको सुझाव

कास्की – नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशाङ्क कोइरालाले पार्टीभित्रका

काठमाडौंमा १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु

काठमाडौं – काठमाडौं लाजिमपाटस्थित अरूपण आर्ट ग्यालरीमा आजदेखि १९औँ शताब्दीका

काभा महिला भलिबल : कीर्गिस्तानमाथि नेपालको जित

काठमाडौं – राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला