कर्णाली प्रदेशको पहिलो चौमासिक बजेट खर्च ४ प्रतिशत « Khabarhub

कर्णाली प्रदेशको पहिलो चौमासिक बजेट खर्च ४ प्रतिशत


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– अघिल्ला वर्षहरु झैँ चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेशको बजेट खर्च निराशाजनक देखिएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म प्रदेश सरकारको करिब चार प्रतिशत बजेट खर्च भएको छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकार अन्तर्गतका निकायले पहिलो चौमासिक अवधिमा रु एक अर्ब १२ करोड ९९ लाख ८४ हजार १२९ खर्च गरेका छन् ।

तीमध्ये चालुतर्फ साढे छ प्रतिशत अर्थात् रु ६७ करोड ५१ लाख ८९ हजार ३०७ र पूँजीगततर्फ साढे दुई प्रतिशत अर्थात् रु ४५ करोड ४७ लाख ९४ हजार ८२२ रहेको छ । यद्यपि, गत वर्षको यस अवधिको तुलनामा यस वर्षको बजेट खर्च केही सुधारोन्मुख छ । गत वर्ष यही अवधिमा एक प्रतिशतमात्र बजेट खर्च भएको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेशसभा सचिवालय र मुख्य न्यायाधिवक्ताको कार्यालयको पूँजीगत खर्च शून्य छ । विनियोजित बजेटका आधारमा प्रदेशसभाले सबैभन्दा बढी रकम खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

सचिवालयले प्रदेशसभा सदस्यहरुका लागि भत्ता र विभिन्न शीर्षकका सेवासुविधामा सो रकम खर्च गरेको हो ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ७ : ३३ बजे

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि