अब भूतपूर्व गोरखा सैनिकको सामाजिक सुरक्षा भत्ता नकाटिने « Khabarhub

अब भूतपूर्व गोरखा सैनिकको सामाजिक सुरक्षा भत्ता नकाटिने


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोरखा भूतपूर्व सैनिकहरुको सामाजिक सुरक्षा भत्ता नकाटिने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले सामाजिक सुरक्षा ऐन संशोधन अध्यादेशमार्फत यसअघिको विभेदपूर्ण निर्णय हटाइएकोमा स्वागत गरेको हो ।

यसअघिको सामाजिक सुरक्षा ऐन २०७५ को दफा १५ को खण्ड (ग) मा गरिएको व्यवस्थाअनुसार नियमितरुपमा अन्य कुनै सुविधा पाइरहेको व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था गरिएको थियो ।

सरकारले वि.स. २०७७ असार १७ गतेको निर्णय बाट बेलायती भूतपूर्व सैनिक, भारतीय भूतपूर्व सैनिक र सिंगापुर पुलिसका सदस्य तथा तीनका परिवारलाई दिदै आएको समाजिक सुरक्षा भत्ता कटौति गरेको थियो ।

तर सरकारले हालै अध्यादेशमार्फत ल्याएको संशोधनले भूतपूर्व सैनिक र उनीहरुका परिवारले यसै वर्षभित्रै सामाजिक सुरक्षा भत्ता पाउने गरी व्यवस्था गरेको गेसोका संयोजक कृष्ण कुमार राईले जानकारी दिए ।

उनले यसअघिको व्यवस्थाका कारण आफूहरुले नेपालभित्रै पनि गैर नागरिकको महशुस गरेको बताउदै अहिलेको निर्णयले न्याय पाएको बताए ।

यसअघि गेसोले सरकारको निर्णय विभेदकारी भएको भन्दै अविलम्ब फिर्ता लिन दबाबमूलक कार्यक्रम गर्दै आएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ७ : ४६ बजे

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

आज २०८३ साल असार २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

विश्वकपमा नर्वे र इङ्गल्यान्डबीचको रोमान्चक भिडन्त : अतिरिक्त समयमा इंग्ल्यान्डले लियो अग्रता

काठमाडौँ – विश्वकपको रोमाञ्चक खेलमा निर्धारित ९० मिनेटको समय १–१

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको