पाँच मन्त्रालयद्वारा पहिलो चौमासिकको प्रगति विवरण प्रस्तुत, कस्को कति ? « Khabarhub

पाँच मन्त्रालयद्वारा पहिलो चौमासिकको प्रगति विवरण प्रस्तुत, कस्को कति ?


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  राष्ट्रिय विकास समस्या समाधान समितिअन्तर्गतको राष्ट्रिय विकास समस्या समाधान उपसमितिको बैठकमा विभिन्न मन्त्रालयहरुले पहिलो चौमासिकको प्रगति विवरणको प्रस्तुत गरेका छन् ।

आजदेखि शुरु भएको उपसमिति बैठकको पहिलो दिन भौतिक पूर्वाधार तथा यातायात, रक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र युवा तथा खेलकूद मन्त्रालयले प्रगति विवरण प्रस्तुत गरेका हुन् ।

जसअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वित्तीय प्रगति ४०.९४ र भौतिक प्रगति ४२.६६ प्रतिशत रहेको छ ।

बैठकमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सडक विभागको वित्तीय प्रगति ४३ र भौतिक प्रगति ४६.४ प्रतिशत भएको बताए ।

उनका अनुसार रेल विभागको वित्तीय प्रगति २७.६३ र भौतिक प्रगति २७.६३ प्रतिशत रहेको छ भने यातायात व्यवस्था विभागको वित्तीय प्रगति २.३२ र नेपाल पानीजहाज कार्यालयको वित्तीय प्रगति ०.४७ प्रतिशत र भौतिक प्रगति ०.८४ प्रतिशत रहेको जानकारी दिए ।

यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वित्तीय प्रगति ६७.७३ र भौतिक प्रगति ७६.७४ प्रतिशत रहेको सहसचिव नुरमोहम्मद खाँले बताए ।

ऊर्जातर्फ वित्तीय प्रगति ७८ र भौतिक प्रगति ७७.८८ प्रतिशत रहेको र जलस्रोत तथा सिँचाइतर्फ वित्तीय प्रगति ४२.६६ र भौतिक प्रगति ७३.६४ प्रतिशत रहेको उनले जानकारी दिए ।

त्यस्तै रक्षा मन्त्रालयको वित्तीय प्रगति ३४.५७ र भौतिक प्रगति ३३.६३ प्रगति रहेको सचिव रेश्मीराज पाण्डेले प्रस्तुत गरे ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको वित्तीय प्रगति ३०.३८ प्रतिशत भएको सहसचिव बुद्ध गुरुङले जानकारी दिए ।

युवा तथा खेलकूद मन्त्रालयको वित्तीय प्रगति ८५.२२ र भौतिक प्रगति ९५.१० प्रतिशत पूरा भएको सचिव रामप्रसाद थपलियाले प्रस्तुत गरे ।

उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेल रहेका छन् । बैठकमा सचिवहरुले विकास निर्माणका सवालमा भोग्दै आएका नीतिगत तथा कानूनी समस्याका बारेमा समेत उपसमितिलाई जानकारी गराएका हुन ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा  कँडेल, सदस्यहरु डा कृष्णप्रसाद ओली, डा दिलबहादुर गुरुङ, डा उषा झा, मीनबहादुर शाही, डा रामकुमार फुयाँल, सदस्यसचिव केवलप्रसाद भण्डारी, प्रधानमन्त्री कार्यालय, महालेखा नियन्त्रक कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगलगायत कार्यालयका प्रतिनिधिसमेतको सहभागिता रहेको थियो ।

राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीका अनुसार बैठक आगामी मङ्सिर २६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ९ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै