क्रिसमसपछि अमेरिकामा संक्रमणको नयाँ लहर देखिने डा.फाउचीको चेतावनी « Khabarhub

क्रिसमसपछि अमेरिकामा संक्रमणको नयाँ लहर देखिने डा.फाउचीको चेतावनी


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाका वरिष्ठ सङ्क्रामक रोग विज्ञ डाक्टर एन्थोनी फाउचीले क्रिसमसपछि कोरोना भाइरसको अर्को लहर आउने चेतावनी दिएका छन् ।

‘थ्याङस्गिभिङ डे’पछि कोरोनाको सङ्क्रमण बढेकाले  क्रिसमसपछि संक्रमण झन् बढ्ने फाउचीको चेतावनी छ ।

क्रिसमस र नयाँ वर्षको छुट्टीको समय थप चुनौतिपूर्ण बन्न सक्ने र त्यो नयाँ लहर ल्याउने कारक बन्न सक्ने उनले चेतावनी दिएका छन् ।

सीएनएनसँग कुराकानीमा फाउचीले भने,’यो लामो बिदाको समय भएकाले यसले परिस्थितिलाई थप जटिल बनाउन सक्छ।’

फाउचीलाई राष्ट्रपति-निर्वाचित जो बाइडनले कोभिडका विषयमा आफ्नो प्रमुख चिकित्सा सल्लाहकारको रूपमा काम गर्न आग्रह गरेका छन् ।

अमेरिकामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या औसतमा दैनिक दुई लाख पुग्दै आएको छ ।

अस्पतालहरू कोरोना भाइरसका बिरामीले भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्युयोर्कले खराब जनस्वास्थ्य सङ्कटको चेतावनी दिएका छन् ।

अमेरिकामा अहिले १ करोड ५३ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । मंगलबार बिहानसम्म त्यहाँ दुई लाख ९० हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १० : ०१ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६