मोरङको मिक्लाजुङमा गोली हानी शिक्षकको हत्या « Khabarhub

मोरङको मिक्लाजुङमा गोली हानी शिक्षकको हत्या


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको मिक्लाजुङमा एक शिक्षकको गोली हानी हत्या भएको छ ।

मंगलबार बिहान ७ बजेतिर ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार घरबाट केही टाढा रहेको जंगलमा ३/४ जना नचिनेका व्यक्तिले लगेलगत्तै उनको बिहान ७ बजेतिर हत्या गरेका थिए ।

हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता रहेको प्रहरीले आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।

मोरङको विकट पहाडी क्षेत्र मिक्लाजुङमा विप्लव समूहको शैन्य तालिम हुँदै आएको थियो ।  सोही क्षेत्रबाट विप्लव समूहका दुईजना नेता केही दिनअघि पक्राउ परेका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १२ : १० बजे

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको

लहान र धनगढीमाईमा बजार अनुगमन

सिरहा– जिल्लामा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले निरन्तर रूपमा बजार