मोरङको मिक्लाजुङमा गोली हानी शिक्षकको हत्या « Khabarhub

मोरङको मिक्लाजुङमा गोली हानी शिक्षकको हत्या


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको मिक्लाजुङमा एक शिक्षकको गोली हानी हत्या भएको छ ।

मंगलबार बिहान ७ बजेतिर ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार घरबाट केही टाढा रहेको जंगलमा ३/४ जना नचिनेका व्यक्तिले लगेलगत्तै उनको बिहान ७ बजेतिर हत्या गरेका थिए ।

हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता रहेको प्रहरीले आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।

मोरङको विकट पहाडी क्षेत्र मिक्लाजुङमा विप्लव समूहको शैन्य तालिम हुँदै आएको थियो ।  सोही क्षेत्रबाट विप्लव समूहका दुईजना नेता केही दिनअघि पक्राउ परेका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १२ : १० बजे

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना

घट्न बढ्न सकेन नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ