रुसले नेपालको जलविद्युतमा लगानी गर्ने « Khabarhub

रुसले नेपालको जलविद्युतमा लगानी गर्ने


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ ।

नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मंगलबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई मन्त्रालयमा भेटेर जलविद्युतमा लगानी ल्याउने इच्छा देखाएको हो ।

रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रियल बैंक नेपालको जलविद्युतमा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकभले जानकारी दिए । त्यस्तो लगानी सरकार–सरकारबीचको सम्झौतामा गर्न चाहेको प्रतिनिधि मण्डलले जनाएको छ ।

राजदूत नेतृत्वको टोलीले नेपालमा जलविद्युत उत्पादन र वितरणसम्बन्धी कानूनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे मन्त्री पुनसँग चासो राखेको थियो । यस्तै नेपालमा विद्युत र सिंचाइका संयुक्त आयोजनाको सम्भाव्यताबारे पनि टोलीको चासो थियो ।

रसियन प्रतिनिधि मण्डलले उत्पादित विद्युत आफ्नै उद्योगमा खपत गर्न सकिने/नसकिने विषयमा समेत मन्त्री पुनसँग प्रश्न गरेको थियो । प्रारम्भिक चरणमा ‘पाइलट प्रोजेक्ट’ का रुपमा कुनै आयोजनामा लगानी गर्ने र बजारको अवस्था बुझेर सरकारी र निजी दुवै क्षेत्रलाई नेपालमा लगानीका लागि प्रोत्साहित गरिने राजदूत नोभिकभले बताए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ३ : ५९ बजे

भेनेजुएलाको भूकम्प अपडेट : ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

एजेन्सी– भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु

सुरक्षित पुनःस्थापनाको सुनिश्चितता माग्दै होल्डिङ सेन्टरका बासिन्दाको प्रदर्शन

काठमाडौं– सुरक्षित पुनःस्थापना, भू–स्वामित्वसहितको बास अधिकार र सम्मानजनक आवासको सुनिश्चितता

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका