जग्गा कित्ताकाट खुला नगर्न सर्वोच्चको आदेश | Khabarhub Khabarhub

जग्गा कित्ताकाट खुला नगर्न सर्वोच्चको आदेश


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जग्गा कित्ताकाट खुला गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश चोलेन्द्र शमशेर जबरा र मनोजकुमार शर्माको इजलासले मंगलबार अन्तिम फैसला गर्दै कित्ताकाट खोल्ने सरकारको निर्णय गैरकानूनी भएको ठहर गरेको हो ।

खेतीयोग्य जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता सन्तोष भण्डारीले २०७७ भदौ २८ गते रिट सर्वोच्चमा दायर गरेका थिए।

भूमि व्यवस्था मन्‍त्रालयले २०७४ साउन २६ मा मन्त्रीस्तरीय निर्णय गर्दै कृषियोग्य जग्गाको कित्ताकाटमा रोक लगाएको थियो।

झन्डै डेढ वर्षपछि पुनः २०७५ पुस २७ मा कित्ताकाट सर्तसहित यो नियम केही खुकुलो बनाएको थियो। त्यसयता भदौ १८ मा भने मन्त्रालयले कित्ताकाट खुलाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ५ : ५८ बजे

सुरु भयो आँप मेला (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको लाजिम्पाटस्थित वाल्नट बिस्ट्रोमा शुक्रबारदेखि तीन दिने ‘नेपाल म्याङ्गो

सामुदायिक वनको लगानीमा विपन्न युवालाई ड्राइभिङ तालिम

घोडाघोडी–  कैलालीको गौरीगङ्गा नगरपालिका–७ मा रहेको सुनपाल सामुदायिक वन उपभोक्ता

सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन सरकार लागेको छ : मुख्यमन्त्री शाह

कैलाली-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानीमैत्री वातावरण बनाउन

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा २० वर्ष मुनिका किशोरी आमा बन्ने दर

केन्द्रीय कार्यालय परिसर विस्तारका लागि कांग्रेसले किन्यो १३ करोडमा जग्गा र घर 

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यालय परिसर विस्तारका लागि एक रोपनीभन्दा