सार्क बडापत्र दिवस मनाइयो « Khabarhub

सार्क बडापत्र दिवस मनाइयो


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) बडापत्र घोषणा भएको दिनको स्मरण गर्दै आज ३६औँ ‘चार्टर डे’ मनाइएको छ ।

सार्कमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का सदस्य छन् ।

दक्षिण एशियाका राष्ट्र प्रमुख एवं सरकार प्रमुखले सार्क स्थापना गरेको दिनको स्मरण गर्दै उक्त दिवस मनाइँदै आएको छ ।

सन् १९८५ डिसेम्बर ८ मा सार्क चार्टर पारित गरिएकोे थियो । सोही दिनको स्मरणमा आज बडापत्र दिवस मनाइएको काठमाडौँस्थित सार्क सचिवालयले जनाएको छ ।

बडापत्रअनुसार सार्कको प्राथमिक उद्देश्य यस क्षेत्रका जनताको हित र उनीहरुको जीवनस्तर सुधार गर्नु हो ।

इतिहास र संस्कृतिक सम्बन्धमा एकताबद्ध भएका दक्षिण एशियाका आठ देशको साझा मञ्च सार्कले शान्ति, स्थायित्व, एकता र प्रगतिलाई प्रवर्द्धन गर्दै आएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ९ : ५७ बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक