आजै थाहा पाउनुहोस् मृगौलामा हुन सक्ने पत्थरीको शुरूवाती लक्षणहरु « Khabarhub

आजै थाहा पाउनुहोस् मृगौलामा हुन सक्ने पत्थरीको शुरूवाती लक्षणहरु



मृगौलाको पत्थरी एउटा आम समस्या हो । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार संसारका ७ प्रतिशत मानिसहरू यो रोगबाट पीडित छन् ।

मृगौलाले छानेको मुत्रमा पथ्थर बनाउने तत्वहरू बढ्न जाँदा वा मुत्रको मात्रा कम हुँदा मृगौलामा पथ्थर बन्न पुग्दछ । यो क्रिया सुसुप्त ढङ्गले हुने हुँदा पथ्थरले ठुलो आकार लिएपछि मात्र यसको लक्षणहरू देखा पर्दछन् ।

१) छिनछिनमा पिसाब लाग्नु

अचानक छिन–छिनमा पिसाब लाग्न शुरु हुनु मृगौलाको पत्थरीको सुरूवाती लक्षणहरू हुन सक्छ । यदि धेरै चोटी पिसाब लाग्यो र पिसाब गर्दा गुप्ताङ्ग ओरिपरी दुख्ने लक्षण एकसाथ सुरु भएको हो भने यो लक्षण मृगौलाको पथ्थरीको हुन सक्छ । मृगौलाको पत्थरी हुँदा पत्थरका टुक्राहरू मूत्रमार्ग हुँदै पिसाब थैली र गुप्ताङ्गसम्म आउनसक्छ । यसरी पथ्थरी मृगौलाबाट तल झर्दा निरन्तर पिसाब लाग्ने र पिसाब फेर्दा दुख्ने हुन सक्छ ।

२) कम्मर दुख्ने  

मृगौलाको पथ्थरी हुँदाको अर्को लक्षण भनेको कम्मर दुख्नु हो । यदि कम्मर दुखाई अचानक र तीव्र प्रकृतिको हो भने यसको कारण मृगौलाको पथ्थरी हुन सक्छ । यसरी मृगौलाको पथ्थरीको कारणले कम्मर दुख्दा पेट र कम्मरतिर पनि दुखाई प्रसारित हुने गर्दछ ।

३) दुर्गन्धीत पिसाब आउनु

मृगौलाको पथ्थरी हुँदा पथ्थरले मृगौलाको स–साना रक्तनलीहरू, मूत्र वाहिनी नलीहरू वा मुत्रथैलीलाई घोचेर, घाउचोट पुर्‍याउन सक्दछ । यसरी चोट पश्चात त्यहाँ रक्ताश्राव भई मुत्रमा रगत मिसिएर आउँदा पिसाब अनौठो किसमले गन्हाउने गर्दछ ।

४) वाकावाकी लाग्ने/बान्ता हुने  

मृगौलाको पथ्थरी हुँदा पथ्थरकै कारणले मुत्र नलीको संक्रमण हुन सक्दछ । संक्रमणको कारणले खान मन नलाग्ने, वाकवाकी लाग्ने, र बान्ता समेत हुन सक्ने स्थिति आउन सक्दछ ।

५) पिसाबमा रगत देखिनु

मृगौलाको पथ्थरी हुँदा पथ्थरले मृगौला मुत्र वाहिनी नलि वा मुत्र थैलीमा दरफर्‍याएर घाउ समेत बनाउँन सक्दछ । यसरी घाउ बनाएको ठाउँबाट रक्तश्राव हुँदा सो रगत पिसाबमा आएर पिसाबमा रगन समेत देखा पर्दछ ।

६) ज्वरो आउने

मृगौलाको पथ्थरी हुँदा र पथ्थरको कारणले मुत्र मार्गमा सक्रंमण समेत हुने हुँदा ज्वरो समेत आउन सक्दछ ।

लेखक भरतपुर १ वागीश्वरी चितवन अवस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन्।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ५ : ५५ बजे

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिन्नुहोस् ओस्कार २०२६ का विजेता (सूचीसहित)

लस एन्जलस – हलिउडका उत्कृष्ट र प्रभावशाली व्यक्तित्वको सहभागितामा चलचित्र

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति