आजै थाहा पाउनुहोस् मृगौलामा हुन सक्ने पत्थरीको शुरूवाती लक्षणहरु | Khabarhub Khabarhub

आजै थाहा पाउनुहोस् मृगौलामा हुन सक्ने पत्थरीको शुरूवाती लक्षणहरु



मृगौलाको पत्थरी एउटा आम समस्या हो । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार संसारका ७ प्रतिशत मानिसहरू यो रोगबाट पीडित छन् ।

मृगौलाले छानेको मुत्रमा पथ्थर बनाउने तत्वहरू बढ्न जाँदा वा मुत्रको मात्रा कम हुँदा मृगौलामा पथ्थर बन्न पुग्दछ । यो क्रिया सुसुप्त ढङ्गले हुने हुँदा पथ्थरले ठुलो आकार लिएपछि मात्र यसको लक्षणहरू देखा पर्दछन् ।

१) छिनछिनमा पिसाब लाग्नु

अचानक छिन–छिनमा पिसाब लाग्न शुरु हुनु मृगौलाको पत्थरीको सुरूवाती लक्षणहरू हुन सक्छ । यदि धेरै चोटी पिसाब लाग्यो र पिसाब गर्दा गुप्ताङ्ग ओरिपरी दुख्ने लक्षण एकसाथ सुरु भएको हो भने यो लक्षण मृगौलाको पथ्थरीको हुन सक्छ । मृगौलाको पत्थरी हुँदा पत्थरका टुक्राहरू मूत्रमार्ग हुँदै पिसाब थैली र गुप्ताङ्गसम्म आउनसक्छ । यसरी पथ्थरी मृगौलाबाट तल झर्दा निरन्तर पिसाब लाग्ने र पिसाब फेर्दा दुख्ने हुन सक्छ ।

२) कम्मर दुख्ने  

मृगौलाको पथ्थरी हुँदाको अर्को लक्षण भनेको कम्मर दुख्नु हो । यदि कम्मर दुखाई अचानक र तीव्र प्रकृतिको हो भने यसको कारण मृगौलाको पथ्थरी हुन सक्छ । यसरी मृगौलाको पथ्थरीको कारणले कम्मर दुख्दा पेट र कम्मरतिर पनि दुखाई प्रसारित हुने गर्दछ ।

३) दुर्गन्धीत पिसाब आउनु

मृगौलाको पथ्थरी हुँदा पथ्थरले मृगौलाको स–साना रक्तनलीहरू, मूत्र वाहिनी नलीहरू वा मुत्रथैलीलाई घोचेर, घाउचोट पुर्‍याउन सक्दछ । यसरी चोट पश्चात त्यहाँ रक्ताश्राव भई मुत्रमा रगत मिसिएर आउँदा पिसाब अनौठो किसमले गन्हाउने गर्दछ ।

४) वाकावाकी लाग्ने/बान्ता हुने  

मृगौलाको पथ्थरी हुँदा पथ्थरकै कारणले मुत्र नलीको संक्रमण हुन सक्दछ । संक्रमणको कारणले खान मन नलाग्ने, वाकवाकी लाग्ने, र बान्ता समेत हुन सक्ने स्थिति आउन सक्दछ ।

५) पिसाबमा रगत देखिनु

मृगौलाको पथ्थरी हुँदा पथ्थरले मृगौला मुत्र वाहिनी नलि वा मुत्र थैलीमा दरफर्‍याएर घाउ समेत बनाउँन सक्दछ । यसरी घाउ बनाएको ठाउँबाट रक्तश्राव हुँदा सो रगत पिसाबमा आएर पिसाबमा रगन समेत देखा पर्दछ ।

६) ज्वरो आउने

मृगौलाको पथ्थरी हुँदा र पथ्थरको कारणले मुत्र मार्गमा सक्रंमण समेत हुने हुँदा ज्वरो समेत आउन सक्दछ ।

लेखक भरतपुर १ वागीश्वरी चितवन अवस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन्।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ५ : ५५ बजे

फिरोजपुरमा पाकिस्तानी ड्रोन आक्रमण, तीन जना घाइते

काठमाडौं – पाकिस्तानले गरेको ड्रोन आक्रमणमा भारतको फिरोजपुरमा तीन जना

भारतीय सेनाले भन्यो : बिहीबार पाकिस्तानले ४०० ड्रोन हान्यो

नयाँ दिल्ली – भारतीय सेनाले बिहीबार राति पाकिस्तानले भारतका विभिन्न

अमृतसर र फिरोजपुरमा ठूलो विस्फोटको आवाज, जम्मूमा गोलाबारी

काठमाडौं – भारत र पाकिस्तानबीच आज पनि गोलबारी जारी छ

राष्ट्रपति पौडेल र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी

जम्मुमा आज पनि ब्ल्याकआउट, स्थानीयलाई घरभित्रै बस्न आग्रह

काठमाडौं – भारत प्रशासित जम्मु कश्मिरमा आज पनि ‘ब्ल्याकआउट’ गरिएको