बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा « Khabarhub

बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने उद्देश्यले सञ्चालित बड्कापथ सिँचाइ आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । 

हाल उक्त आयोजना सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले हेर्दै आएको छ । आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार आयोजनाको मुहान राप्ती नदीमा एउटा साइड इन्टेक संरचना, १७ किमी मूल नहर, ५४ वटा साना-ठूला नहर संरचना निर्माण भएका छन् । 

त्यस्तै दुई दशमलव ३७६ किमी शाखा नहर र १४ दशमलव ५६९ किमी नहर लाइनिङ कार्य सम्पन्न भएको सूचना अधिकारी वलीले जानकारी दिए ।

उनका अनुसार चेनेज १५ हजार ९९० सम्मको निर्माण पूरा भएको छ । त्यस्तै नौ दशमलव ५४५ किमी तटबन्ध निर्माण भएकामा ६१० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराएर रोपाइँ गरिएको छ ।

बड्कापथ आयोजनाका लागि रु पाँच अर्ब ७० करोड ४० लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिएकामा हालसम्म रु दुई अर्ब ८० करोड ८१ लाख बराबरको वित्तीय प्रगति भएको कार्यालयका लेखा अधिकृत नवराज वलीले जानकारी दिए ।

उनका अनुसार सात हजार परिवारका ४५ हजार जनसङ्ख्यालाई लाभाम्वित गर्ने गरी आर्थिक वर्ष २०६८/६९ देखि उक्त आयोजना निर्माण सुरु भएको हो । 

आयोजनाअन्तर्गत ३० किलोमिटर मूल नहर निर्माण गर्ने, १३ शाखा नहर र ५३ वटा प्रशाखा नहर निर्माण गर्ने गरी डिपीआर तयार भएको हो । गत आव २०८२/८३ मा वार्षिक लक्ष्यको तुलनामा भौतिक प्रगति १०० प्रतिशत र वित्तीय प्रगति ९९ दशमलव ८८ प्रतिशत हासिल भएका लेखा अधिकृत वलीले जानकारी दिए ।

साथै आगामी वर्षका लागि चेनेज १४ हजार ४५० देखि २२ हजार २०० सम्म ठेक्का सम्झौता भई निर्माण अघि बढेको छ । जसको हालसम्म २० प्रतिशत भौतिक प्रगति भएको छ । चेनेज २२ हजार २०० देखि ३० हजारसम्म निर्माणका लागि पनि काम अघि बढेको छ । 

२८ ठेक्का पूर्ण 

बड्कापथ सिँचाई आयोजना अन्तर्गत आव २०६८/६९ मा इन्टेक निर्माणको पहिलो ठेक्का सम्झौता भएदेखि हालसम्म कुल ३१ वटा मुख्य निर्माण, मर्मत तथा बचावटसम्बन्धी ठेक्काहरू भएका छन् । तीमध्ये २८ वटा ठेक्काको निर्माण पूरा भएको आयोजना कार्यालयले जनाएको छ ।

हालको अवस्थामा दुई वटा ठेक्का निर्माणाधीन रहेका छन् । जसअन्तर्गत मूल नहरको चेनेज १४ हजार ४५० देखि २२ हजार २०० सम्म नहर तथा संरचना निर्माण गर्ने ठेक्काको काम हालसम्म २० प्रतिशत भौतिक प्रगति हासिल भएको सूचना अधिकारी वलीले बताए । 

गढवास्थित सव-डिभिजन कार्यालय भवन निर्माण ठेक्कामा २६ प्रतिशत भौतिक प्रगति भएको छ । बाराको फेटामा प्रहरीको गोली लागि गम्भीर घाइते युवकलाई भेन्टिलेटर सुविधा भएको हेलिकप्टरमा काठमाडौँ लगियो, एसएपी प्रभु ढकालको नेतृत्वमा घटनाको छानबिन सुरु, घटनामा संलग्न प्रहरी निरीक्षक लामा जिल्ला तानिएका छन् । 

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ४ : ५५ बजे

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र