कोरोना अपडेट : विश्वमा ५ लाख ७८ हजार संक्रमित थपिए, थप ११ हजार ६ सयबढीको मृत्यु « Khabarhub

कोरोना अपडेट : विश्वमा ५ लाख ७८ हजार संक्रमित थपिए, थप ११ हजार ६ सयबढीको मृत्यु


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा कोरोना भाइरसको संक्रमणदरमा कुनै कमी आएको छैन । बितेको २४ घण्टामा थप ५ लाख ७८ हजार ६९३ जनामा नयाँ संक्रमण देखिएको छ ।

बुधबार यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ८५ लाख ४४ हजार ७४ पुगेको छ ।

त्यस्तै बितेको २४ घण्टामा ११ हजार ६४१ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ लाख ६२ हजार २५ पुगेको छ ।

अहिले १ करोड ९५ लाख ३६ हजार ९५ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये १ लाख ६ हजार ४०२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

४ करोड ७४ लाख ४५ हजार ९५५ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ५५ लाख ८७ हजार ७४ पुगेको छ । अहिलेसम्म २ लाख ९३ हजार ३५८ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ७ : १३ बजे

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक

ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी

काठमाडौं– नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ ।

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५