बाइडेनले भने– १०० दिनमा १० करोडलाई कोरोना भाइरसविरुद्धको खोप दिइनेछ « Khabarhub

बाइडेनले भने– १०० दिनमा १० करोडलाई कोरोना भाइरसविरुद्धको खोप दिइनेछ


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिनमा १० करोड अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप प्रदान गर्ने लक्ष्य कायम गरेको बताएका छन् ।

आफ्नो कार्यकालको पहिलो महिना मै महामारी नियन्त्रणमा लिन नसक्ने तथार कोभिड–१९ को हालको अवस्थामा धेरै परिवर्तन आउने बाइडेनले बताए ।

आउँदो जनवरी २० मा सत्ता लिएपछि स्वास्थ्य सेवाको नेतृत्व लिने टिमको घोषणा गर्दै बाइडेनले पुनः अमेरिकीसँग आग्रह गरे ‘१०० दिन मास्क लगाउनु होला ।’

फाइजर/बायोएनटेकको कोरोना भाइरसविरुद्धको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गर्ने तयारी गरेको छ ।

महामारीबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा एक करोड ५५ लाख ८७ हजारभन्दा धेरै मानिस संक्रमित भएका छन् । यस्तै दुई लाख ९३ हजार भन्दा बढि अमेरिकीको कोभिड–१९ बाट ज्यान गएको छ ।

बाइडेनले स्वास्थ्य मन्त्रीका रुपमा क्यालिफोर्नियाका महान्यायाधीवक्ता साबिएर बेकेरालाई प्रस्तावित गरेको घोषणा गर्दै बाइडेनले भनेका छन्, ‘मेरो कार्यकालको पहिलो १०० दिनले कोभिड–१९ भाइरसलाई अन्त्य गर्ने छैन, म त्यो वाचा गर्न सक्दिन । तर अवस्था सुधार हुनेछ ।’

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ७ : ५४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु