‘सामाजिक सुरक्षा कोषप्रति अझै आकर्षण भएन’ | Khabarhub Khabarhub

‘सामाजिक सुरक्षा कोषप्रति अझै आकर्षण भएन’


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समग्र अर्थतन्त्रको सुदृढिकरणका लागि ट्रेड युनियन, रोजगारदाता र सरकारबीचको त्रिपक्षीय सहकार्यमा जोड दिएका छन् । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रम बोल्दै उनले जोड दिए ।

अध्यक्ष गोल्छाले कोभिडपश्चात उद्योग व्यवसायसहित समग्र अर्थतन्त्रको पुनःउत्थानका लागि त्रिपक्षीय सहकार्यमा जोड दिए । उनले नेपालको श्रम उत्पादकत्व दक्षिण एसियामै कमजोर रहेकाले श्रम उत्पादकत्व बढाउने कार्यमा जुझारू भएर लाग्नुपर्ने सुझाव दिए ।

श्रम तथा सामाजिक सुरक्षा ऐनमा रोजगारदाता परिषदका तर्फबाट महासंघले धेरै सुझावहरू दिएको स्मरण गर्दै उनले सोही ऐन अन्तर्गत आएको सामाजिक सुरक्षा कोषप्रति अझै पनि श्रमिक कामदार कर्मचारीहरूको आकर्षण बढ्न नसकेको बताए ।

श्रमिक कर्मचारी आकर्षित गर्न नसक्नु कोषको सवैभन्दा ठूलो चुनौती रहेको भन्दै अध्यक्ष गोल्छँले कोषप्रति आकर्षण बढाउन पनि सहकार्यको आवश्यकता रहेको बताए ।

साथै उनले स्वदेशी श्रमिक कामदारहरूको दक्षता अभिवृद्धिमार्फत नेपालमा कार्यरत बाह्य देशका कामदारहरू विस्थापन गर्ने नीति सरकारको हुनुपर्ने सुझाव दिए । अध्यक्ष गोल्छाले अहिले पनि एकाध उद्योगहरूमा विभिन्न माग राखी उद्योग बन्द गर्ने कार्य भएकाले यसमा सरकारले तत्काल हस्तक्षेप गरी उद्योग संचालन गर्ने वातावरण बनाउनुपर्ने माग गरे ।

आगामी दिनमा श्रम सम्बन्धलाई थप मजबुद बनाउँदै औद्योगिक व्यावसायिक विकासमा सरकारलाई हरतरहले सहयोग गर्न महासघ तयार रहेको पनि उनले विश्वास दिलाए । साथै सो अवसरमा महासंघका पदाधिकारीहरूबाट कोभिडका कारण सामूहिक सौदावाजीको समयलाई एक वर्ष पछाडि लैजानुपर्ने, विभिन्न संस्थाहरूबाट छरिएर दिइने तालीमहरूलाई एकीकृतरूपमा संचालन गर्नुपर्ने लगायतका सुझावहरू दिइएको थियो ।

त्यसक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले मुलुकभित्र उत्पाकत्व अभिवृद्धिका लागि उचित तालिमको आवश्यकता रहेकाले श्रम मन्त्रालय दक्ष जनशक्ति उत्पादनका लागि सातै प्रदेशमा स्तरीय तालिम प्रतिष्ठानहरू संचालन गर्ने योजनामा रहेकाले महासंघसँग समेत यसमा सहकार्यको अपेक्षा गरेको बताए । साथै उनले आफू र आफ्नो मन्त्रालयले महासंघले दिएका सुझावलाई बुँदागतरूपमा आगामी दिनमा छलफल गर्दै जाने बताए ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १० : २९ बजे

क्षतिग्रस्त बिपी राजमार्गको मर्मत सुरु

काठमाडौं– बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक

पहिरोले हुम्लाको खच्चा सडक अवरुद्ध

सिमकोट– माघः सुक्खा पहिरोका कारण जिल्लाको दक्षिण भेग सर्केगाड गाउँपालिका–१

५५ वर्षीया महिलाको शव नग्न अवस्थामा भेटियो

दमक– झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा

जुम्लाका ३६ गाउँबस्ती सडक सञ्जालमा जोडिए

जुम्ला– तातोपानी गाउँपालिकाका सबै वडाका ३६ गाउँबस्ती सडक सञ्जालबाट जोडिएका

निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा

वीरगञ्ज– वर्षात्को पानीको निकास नहुँदा वीरगञ्ज महानगरका चार वडाको दुई